पाल्पा, आज देखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको हो ।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराÞन ४ बजेसम्म कायम गरिएको छ । यसअघि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराÞन ५ बजेसम्म तोकिएको थियो । नयाँ व्यवस्थाअनुसार कार्यालय समय एक घण्टा घटाइएको हो । शैक्षिक संस्थाको हकमा भने यो समयतालिका लागू हुने छैन । यस्तै सरकारले मन्त्री वा सचिवको तहबाट हुनुपर्ने महत्वपूर्ण प्रशासकीय निर्णय फाइल प्राप्त भएकै दिन वा त्यसको भोलिपल्टसम्म ग िसक्नुपर्ने नियम बनाएको छ । मन्त्री वा सचिवसमक्ष दिउँसो २ बजे अगाडि प्राप्त भएको फाइलमा त्यही दिन र त्यसभन्दा पछाडी प्राप्त भए भोलिपल्ट निर्णय दिइसक्नुपर्ने नियम ल्याइएको हो । सरकारले मन्त्रालयदेखि मातहतका कार्यालबाट हुने कार्यसम्पादनका लागि ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली’ ल्याएको हो ।
नियमावलीमा कुन तहका पदाधिकारीले कति समयभित्र निर्णय दिइसक्नुपर्ने भन्ने समयसीमा तोकिएको छ । प्रचलित कानुनबमोजिम मन्त्रीस्तरबाट गरिने नीतिगत विषयको निर्णय गर्दा टिप्पणीको तह तीनभन्दा बढी नहुने भनिएको छ । मन्त्रालयले नीतिगत निर्णयका लागि मन्त्रालयभित्रै एकभन्दा बढी पदाधिकारीको राय परामर्श लिनुपर्नेमा त्यही दिन बैठक राखी छिटो राय लिनुपर्ने नियमावलीमा उल्लेख छ ।


