महिला जनप्रतिनिधिमाथि दुव्र्यवहारको घटनामा निष्पक्ष अनुसन्धानको माग
सोमबार, जेठ २५, २०८३
रास्वपा पाल्पाको सभापतिमा भण्डारी
सोमबार, जेठ २५, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । तानसेनमा भएको प्रथम जिल्ला अधिवेशनले भण्डारीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
एसइई पूरकको नतिजा दुई साताभि प्रकाशन गरिने
सोमबार, जेठ २५, २०८३
राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । अघि, एसइइर् ( २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।
तरकारी र दूधमा विषादी फेला
आइतबार, जेठ २४, २०८३
चितवनबाट बुटवल कृषि उपज थोक बजा र केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको प रीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो । बोडीमा बिषादी फेला प रेपछि नष्ट ग िरएको थियो । त्यस्तै, केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ल्याए र बिक्रीका लागि राखिएका काँक्रोमा पनि अत्यधिक...
तानसेनमा अपाङ्गता भएका स्रष्टासँग सिर्जना वाचन
शनिबार, जेठ २३, २०८३
जिल्लाको तानसेनमा अपाङ्गता भएका स्रष्टाहरुसँगै सिर्जना वाचन कार्यक्रम गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनको काजीपौवास्थित सर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रमा सिर्जना कार्यक्रम गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको जीवनभोगाइ, पीडा, संघर्ष तथा आत्मबल झल्काउने कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरिएका थिए ।
लायन्स पदाधिकारीहरुलाई पाल्पामा प्रशिक्षण
शनिबार, जेठ २३, २०८३
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ डि ले लायन्स पदाधिकारीहरुको लागि पाल्पामा प्रशिक्षण सञ्चालन गरेको छ । वर्ष २०२६/२०२७ का लागि निर्वाचित डिष्ट्रिक गर्भनर लायन योगराज कंडेल शर्माले मनोनित गरेका पदाधिकारीहरुका लागि पाल्पाको तानसेनमा दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
शुक्रबार, जेठ २२, २०८३
महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पाल्पासहित बाह्र जिल्लाका सिडिओको सरुवा, को कहाँ ?
शुक्रबार, जेठ २२, २०८३
गृह मन्त्रालयले पाल्पासहित बाह्र जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) र छ सहसचिवको सरुवा गरेको छ । एक वर्ष अवधि पुगेका सिडिओहरूको जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।
आज विश्व वातावरण दिवस मनाइँदै
शुक्रबार, जेठ २२, २०८३
आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा यो दिवस विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो ।
आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : महामन्त्री घिमिरे
बिहीबार, जेठ २१, २०८३
,नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी निर्वाचनमा पार्टीलाई मुलुककै पहिलो राजनीतिक शक्ति बनाउने लक्ष्यसहित अभियानलाई तीव्र पारिएको बताएका छन् । विहीबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री घिमिरेले यस्तो बताएका हुन् ।
‘विद्यालयमा संसद अभ्यास’
बिहीबार, जेठ २१, २०८३
एउटा ठूलो हल (संसद) छ । त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ । सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन् ।
भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै
बिहीबार, जेठ २१, २०८३
आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइदैं छ । देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
दलित पत्रकार संघको केन्द्रीय उपाध्यक्षमा मिलन
बिहीबार, जेठ २१, २०८३
,पाल्पाका क्रियाशिल पत्रकार मिलन (नरभूपाल) विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट विक संघको केन्द्रीय उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।


