बाघको आक्रमणबाट १२ वटा बाख्रा मरे
शुक्रबार, साउन २२, २०८३
अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो
बिहीबार, साउन २१, २०८३
करिब ४ घण्टादेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । बुधबार राती परेको अविरल वर्षाका कारण अवरुद्ध सडक विहीबार दिउँसो ३ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।
छात्राको मृत्युपछि मिलेनियम स्कुलमा दुई दिन शोक बिदा
बिहीबार, साउन २१, २०८३
तानसेनस्थित मिलेनियम सेकेन्डरी स्कुल प्रा.लि.ले स्कुलमा अध्ययनरत छात्राको मृत्यु भएपछि २ दिन शोक बिदा दिएको छ ।
हराउँदै कोदो, बढ्दै माग
बिहीबार, साउन २१, २०८३
पाल्पा, गुल्मीसहित पहाडका बारीहरूमा कुनै समय हरियाली छर्दै लहलहाउने कोदो अहिले विस्तारै ओझेल पर्दै गएको छ । बिहान बारीतिर जाँदा कोदोका बाला हावासँगै लहराइरहेको दृश्य ग्रामीण जीवनको परिचय मानिन्थ्यो ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
बिहीबार, साउन २१, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्चिम, कैलाली, रोल्पा, सुर्खेत, मोरङ, पाँचथर, कञ्चनपुर, बाँके, चितवन लगायतका स्थानबाट अवैध लागूऔषध सहित १६ जना पक्राउ परेका हुन् ।
राष्ट्रिय कृषि नीति, २०८३ जारी
बिहीबार, साउन २१, २०८३
कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ ।
‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
बुधबार, साउन २०, २०८३
माइतीले दिएको सुन बेचेर धुलिखेलकी सीता बजगाईँ कुवेतमा घरेलु श्रमिकका लागि पुगिन् । घर खर्च जुटाउन सुन बेचेर विदेशिनु उनको बाध्यता थियो । त्यसमा पनि साना नानीहरूलाई कोठा भाडामा राखेर समुन्द्रपारि जानु उनका लागि सजिलो थिएन ।
रामपुरमा सार्वजनिक सुनुवाइ : विकास निर्माणका लागि सहकार्यमा जोड
बुधबार, साउन २०, २०८३
जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । कार्यक्रममा गत आर्थिक वर्षको प्रगति, बजेट कार्यान्वयन, सेवा प्रवाह तथा नगरवासीका गुनासा र सुझावमाथि छलफल गरिएको थियो ।
अवैध लागूऔषध सहित पाँच जना पक्राउ
बुधबार, साउन २०, २०८३
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्दुलीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका हुन् ।
स्क्रब टाइफसबाट गुल्मीकी ३२ वर्षीया महिलाको मृत्यु
बुधबार, साउन २०, २०८३
गुल्मीमा स्क्रब टाइफस संक्रमणबाट ३२ वर्षीया एक महिलाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–४, जैसिथोक निवासी सीता पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो ।
सुनसरी घटनामा गोली लागेका थप एक जनाको मृत्यु
मंगलबार, साउन १९, २०८३
सुनसरीको देवानगन्जमा गोली लागि घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
छुट्टाछुट्टै घटनामा ८ जनाको मृत्यु
मंगलबार, साउन १९, २०८३
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटना तथा अन्य घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा तीन, करेन्ट लागेर दुई, डुबेर एक र मृत अवस्थामा दुई जना फेला परेका हुन् ।
बुधबारसम्म मनसुन सक्रिय, सतर्कता रहन आग्रह
मंगलबार, साउन १९, २०८३
आगामी बुधबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


