Shittalpati
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा
विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र पपमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण श्रोत केन्द्र तानसेनको पद्म पब्लिक नमुना माध्यमिक विद्यालयमा स्थापना गरिएको छ । तानसेन नगरपालिकाले  बाढी, पहिरो, भूकम्प जस्ता विपदमा विद्यार्थीलाई ज्ञान दिने उद्देश्यले स्रोत केन्द्र स्थापना गरेको हो ।
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस नेपाल पत्रकार महासंघ पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । २०४९ साल पुस १९ गते मेघराज शर्माको सभापतित्वमा २० सदस्यहरुको सहभागितामा स्थापना भएको शाखाले  शनिबार ३४ औं स्थापना दिवस बनाएको हो ।
स्वस्थानी व्रत आरम्भ
स्वस्थानी व्रत आरम्भ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ ।
तीन दिनदेखि परेको शीतलहरबाट जनजीवन प्रभावित
तीन दिनदेखि परेको शीतलहरबाट जनजीवन प्रभावित आइतबार साँझदेखि परेको शीतलहरका कारण नवलपुरको जनजीवन प्रभावित भएको छ । भित्री मधेसमा पर्ने यस जिल्लामा शनिबारदेखि घाम नलाग्दा जाडो बढेको भए पनि आइतबार साँझदेखि भने शीतलहरसँगै बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित भएको हो । 
राष्ट्रिय पोशाक दिवस मनाइँदै
राष्ट्रिय पोशाक दिवस मनाइँदै राष्ट्रिय पोशाक दिवस आज विभिन्न कार्यक्रम गरि मनाईँदै छ । राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन् ।
‘टोपी दिवस’का १३ वर्ष   
‘टोपी दिवस’का १३ वर्ष    बितेको १२ वर्षमा अनेकौं आरोह, अवरोह र विचार विमर्शहरु गरेर पार गरियो । तर अझै पनि टोपी दिवसको विषयमा थुप्रै प्रश्न र आलोचनाहरु आइरहेका छन् ।  नेपाली मौलिक संस्कृतीसँग जोडिएको टोपी नेपालीको सान र मानको प्रतिक समेत हो । तर यही टोपीको प्रयोग भने हिजो आज आधुनिकतासँगै हराउन पुगेको छ...
नक्कली प्रहरी पक्राउ
नक्कली प्रहरी पक्राउ नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 
        ‘मोफसलको पत्रकारितालाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्छौं’
        ‘मोफसलको पत्रकारितालाई अन्तर्राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्छौं’ नेपाल र भारतका पत्रकारहरुले मोफसलको पत्रकारितालाई राष्ट्रिय अन्त्र्राष्ट्रिय बहसको केन्द्रमा स्थपित गर्ने प्रतिवद्धता जनाएका छन् । लुम्बिनीमा पुस १२ गतेदेखि  भएको समाचार महोत्सव अर्थात् तेस्रो न्युज फेस्टिवलमा सहभागी दुई  देशका पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । 
आज सामाजिक सद्भावको पर्व ‘पुसे पन्ध्र’ ,  देशभर सार्वजनिक विदा    
आज सामाजिक सद्भावको पर्व ‘पुसे पन्ध्र’ ,  देशभर सार्वजनिक विदा     आज ‘पुसे पन्ध्र’ धुमधामका साथ मनाइँदैछ । सामाजिक सद्भावका रुपमा मनाइने यो पर्व विशेष गरी मगर समुदायसँगै अन्य जातिले मनाउने गर्दछन् । 
गुल्मीमा ३ सय ५५ प्रजातिका चरा
गुल्मीमा ३ सय ५५ प्रजातिका चरा गुल्मीमा चराका प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो । 
‘तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बन्छ’ 
‘तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बन्छ’  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने बताएका छन् । लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आइतबार लुम्बिनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update