कर्तव्यनिष्ट असी बुहारी सम्मानित
शुक्रबार, जेठ २९, २०८३
आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
शुक्रबार, जेठ २९, २०८३
आज विश्वभर विश्व बालश्रम विरुद्धको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बालबालिकालाई श्रमको शोषणबाट मुक्त गराई उनीहरूको शिक्षा, स्वास्थ्य र समग्र अधिकार सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष जुन १२ मा यो दिवस मनाउने गरिन्छ ।
शनिबार तानसेन खानेपानीको साधारण सभा हुँदै
बिहीबार, जेठ २८, २०८३
तानसेन खानेपानी उपभोक्ता समितिले शनिबार ११ औं साधारण सभा गर्ने भएको छ ।
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
बिहीबार, जेठ २८, २०८३
रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
रेग्मी व्यावसायिक मौरीपालनमा
बुधबार, जेठ २७, २०८३
मानिस सहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन । उनि झन्डै १९ वर्ष विदेश बसेका थिए ।
वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी
बुधबार, जेठ २७, २०८३
बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ ।
जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
बुधबार, जेठ २७, २०८३
यहाँको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर रहेको छ ।
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
मंगलबार, जेठ २६, २०८३
पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
रूपन्देही क्रिकेट सङ्घमा थापा पुनः निर्वाचित
मंगलबार, जेठ २६, २०८३
रूपन्देही जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित भएका छन् । सङ्घको ३०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा पनि थापासँगै पराजित भएका उनका निकटतम् प्रतिस्पर्धी शक्तिप्रसाद गौचनले यसपटक ४९ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा...
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मंगलबार, जेठ २६, २०८३
दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ
सोमबार, जेठ २५, २०८३
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताकोशपथ लिएका छन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन सँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख घर्तीमगरले नवनियुक्त पाँच जना नवनियुक्त मन्त्रीलाई शपथ दिलाएका हुन।
लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद
सोमबार, जेठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
नेतृत्व र लोकतन्त्र सिकाउने प्रभावकारी माध्यम
सोमबार, जेठ २५, २०८३
एउटा ठूलो हल (संसद) छ । त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ । सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन् । सभामुखले राष्टिूय गानसँगै बैठक प्रारम्भ गर्छिन् । त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नोे क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गराउँछन् । सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल(जवाफ चल्छ ।


