आज पाहाँचःह्रे पर्व मनाइँदै
मंगलबार, चैत ३, २०८२
रुपन्देहीमा रु ११ लाख बढीको सामान बरामद
सोमबार, चैत २, २०८२
जिल्ला प्रहरी कार्यालयले करिव ११ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले चैत १ गते अन्दाजी रु ११ लाख ५२ हजार ७२० बराबरको सामान बरामद गरेको हो ।
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
सोमबार, चैत २, २०८२
डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
रुद्रवेणी–वामीटक्सार सडक चैतभर बन्द हुने
आइतबार, चैत १, २०८२
गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको छ । राष्ट्रिय राजमार्गअन्तर्गत उक्त सडकखण्डको सत्यवती गाउँपालिकास्थित सिस्ने भिरमा सडक स्तरोन्नति गर्ने सुरु भएसँगै यही चैत १ देखि ३० गतेसम्म सडक पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पाल्पामा जिप र स्कुटर ठोकिदा एक जनाको मृत्यु
आइतबार, चैत १, २०८२
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोक रोकाडाडा सिद्दार्थ राजमार्गमा बोलेरो जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु
आइतबार, चैत १, २०८२
सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा।प्र।०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए ।
बजारमा ग्यास अभाव, आयात भने नियमित
शनिबार, फागुन ३०, २०८२
भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।
एमाले अध्यक्ष ओलीलाई पितृशोक
शुक्रबार, फागुन २९, २०८२
,नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
शुक्रबार, फागुन २९, २०८२
रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका बासिन्दा अझै पनि जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । दानव नदीमाथि पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी डु·ा र बाँसको पुलको सहारामा दैनिक यात्रा गर्नुपर्ने अवस्था छ ।
प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
शुक्रबार, फागुन २९, २०८२
गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ ।
पाल्पामा आठ हजार भन्दा बढी मत बदर
बिहीबार, फागुन २८, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्ष र समानुपातिक तर्फ बदर मत आठ हजार पाँच सय ४१ रहेको हो ।
थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
बुधबार, फागुन २७, २०८२
लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुआत गरेका छन् ।
सकियो समानुपातिकको मतगणना : ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’
बुधबार, फागुन २७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । अन्तिम मतगणना भएको इलाम क्षेत्र नम्बर १ को बुधबार समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक भएसँगै मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।


