Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी सmमाचार कक्षका अनुसार कैलाली, बारा, नवलपरासी पूर्व, तनहुँ, सिराहा र   धनुषामा भएका छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु भएको हो । 

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–३ देउरालीस्थित सडकमा गिरूबारीबाट बेलाहानीतर्फ आउँदै गरेको ना.३६ प २४२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४८ वर्षीय कमल गाहाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस्तै धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारी चोकस्थित सडकमा पिडारी चोकबाट रत्न सागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक महोत्तरी मनरा शिसवा नगरपालिका–५ कटैया बस्ने २० वर्षीय नबिन चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।    

यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित सडकमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको म.प्र.०३–४८ प ६३७६ नम्बरको स्कुटर अनियन्त्रण भई दुर्घटना हुँदा स्कुटरमा सवार सोही गाउँपालिका–१ आँधिमुल बस्ने २४ वर्षीय अमन भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसि अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको   हो । यस्तैसिराहाको धनगढीमाई नगरपालिका–९ मुसहरनिया चोकस्थित सडकमा मधेश प्रदेश ०१–००५ प ६९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय श्रीराम यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरस्थित सडकमा मटिअर्वाबाट बसतपुरतर्फ आउँदै गरेको बीआर ०५ एबि ७७५९ नम्बरको मोटरसाइकलले ना.३६ प १५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.३६ प १५३९ नम्बरको मोटरसाइकलमा सवार देवताल गाउँपालिका(५ धुरहा बस्ने ३० वर्षीया शिवपुजनी देवीको मृत्यु भएको छ । यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित सडकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका–५ तारानगर बस्ने ३५ वर्षीया सुशिला बमको मृत्यु भएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update