तानसेमा नगरस्तरीय छात्रा भलिबलमा सेन मावि प्रथम
आइतबार, असार ८, २०८२
‘विद्यार्थीको सामाजिक विकासमा स्काउट महत्वपूर्ण’
शनिबार, असार ७, २०८२
यहाँको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीमा सामाजिक भावनाको विकास गराउन नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट स्थानीय स्काउट कार्यालय रामपुरको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
रिब्दीकोटको गाउँ सभा सुरु : नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता
शुक्रबार, असार ६, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकाकोे १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि पालिका नारायण बहादुर कार्कीले नीति तथा कार्यक्रम पेश गरे । उनले पेश गरेको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ ।
विश्व संगीत दिवस : पाल्पामा भोली सांगीतिक कार्यक्रम हुँदै
शुक्रबार, असार ६, २०८२
विश्व संगीत दिवसका अवसरमा भोली पाल्पामा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान र तानसेन नगरपालिका ७ वडा कार्यालयको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित दिवस मनाउन लागिएको हो ।
महिलालाई आत्मनिर्भर बनाउन रामपुरमा खादा बनाउने तालिम
शुक्रबार, असार ६, २०८२
जिल्लाको रामपुरमा महिलालाई आत्मनिर्भर बनाउन खादा बनाउने तालिम दिइएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम दिएको हो ।
रैनादेवी छहरा गाउँपालिकाको नीति तथा कार्यक्रम कृषिलाई प्राथमिकता
शुक्रबार, असार ६, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १८ औँ गाउँसभा अधिवेशन सुरु भएको छ । अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२/०८३ को लागि पालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले नीति तथा कार्यक्रम पेश गरे । अध्यक्ष भट्टराईले गाउँसभामा पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रम गाउँसभाले सर्वसम्मतले पारित गरेको छ ।
जन्तीलुङ्ग र मरामकोट होमस्टे : व्यस्थित गर्दै तिनाउ गाउँपालिका
आइतबार, जेठ २५, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलुङ्ग र वडा नं. ५ मरामकोटमा घरवास ( होमस्टे कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा...
प्रताप शमशेरद्वारा निर्मित ऐतिहासिक धाराको जिर्णोद्धार
आइतबार, जेठ ४, २०८२
जनरल प्रतापशमशेर राणा (सानुराजा) द्वारा निर्मित ऐतिहासिक धाराको जीर्णोद्धार गरिएको छ । यहाँको तानसेन नगरपालिका–२ असनटोलमा रहेको धाराको जिर्णोद्धार गरिएको हो ।
भिजन लुम्बिनी मातहत कम्पनीका प्रतिनिधिहरु पाल्पामा
आइतबार, जेठ ४, २०८२
भिजन लुम्बिनी कम्पनी लि. मातहत रहेका कम्पनीका प्रतिनिधिहरुले पाल्पामा तीन दिने प्रशिक्षण लिएका छन् । भिजन लुम्बिनीमार्फत देशको समृद्धि हासिल गर्ने र नेतृत्व विकास गर्ने उद्देश्यले कम्पनीको प्रतिनिधिहरुले जिल्लाको तानसेनमा तीन दिने प्रशिक्षण लिएका हुन् ।
गाई मारेको आरोपमा एक जना पक्राउ
आइतबार, वैशाख २१, २०८२
कपिलवस्तुमा गाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खानलाई पक्राउ गरेको हो ।


