Shittalpati
दसैँ, तिहार नजिकिँदा समेत छैन बजारमा चहल–पहल
दसैँ, तिहार नजिकिँदा समेत छैन बजारमा चहल–पहल हिन्दुहरुको महान् चाड दसैँ, तिहार घरदैलोमा आइपुग्दा सधैँ भीडभाड हुने जिल्लाका प्रमुख बजारहरु यतिबेला सुनसान छन् । विशेषगरी चाडपर्व दसैँ–तिहारमा किनमेल गर्नेको भीड हुने तानसेनका बजारहरुमा दसैँ तिहारको कुनै रौनक छैन ।
बगनासकालीले माग्यो पत्रकारको सुझाव, योजना निर्माणमा रोजगार, उत्पादन र पूर्वाधारमा जोड
बगनासकालीले माग्यो पत्रकारको सुझाव, योजना निर्माणमा रोजगार, उत्पादन र पूर्वाधारमा जोड जिल्लाको बगनासकाली गाउँपालिका त्रिवर्षीय आवधिक योजना निर्माणमा जुटेको छ । गाउँपालिकाले विभिन्न पक्षबाट सुझाव संकलन गरी योजना निर्माणमा जुटेको हो । मंगबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी त्रिवर्षीय आवधिक योजनामा समेट्न सकिने विषयका बारेमा जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ ।
अवैध भरुवा बन्दुक फेला
अवैध भरुवा बन्दुक फेला माथागढी गाउँपालिका–५, सुर्काबाँसमा अवैध भरुवा बन्दुक भेटिएको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी माथाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा सुर्काबाँसमा एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
कोरोनाका कारण गुल्मीको ‘रुख घर’ सुनसान
कोरोनाका कारण गुल्मीको ‘रुख घर’ सुनसान गुल्मीको रेसुङ्गाा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’ सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन् ।
पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु पाल्पा र गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पाको रम्भामा एक पुरुषको शव फेला परेको छ भने, गुल्मीको गुल्मी दरबारमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।
गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु
गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु गुल्मीमा छोराले बुवालाई कुटपिट गर्दा ६० वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० वर्षीया दिलबहादुर बस्नेतलाई उनका २६ बर्षीय छोरा अनिल बस्नेतले आइतबार साँँझ ६ बजेतिर आफ्नै घरभित्र बुबालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन पाल्पा, गुल्मी काँग्रेसको माग
प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन पाल्पा, गुल्मी काँग्रेसको माग प्रदेश पाँचको राजधानी दाङ बनाउने प्रस्ताव फिर्ता लिन पाल्पा र गुल्मी नेपाली काँग्रेसले समत माग गरेका छन् । उनीहरुले विज्ञप्ती जारी गर्दै प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेका हुन् ।
पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम ८० प्रतिशत सकियो, मंगलबारदेखि सञ्चालनमा आउने
पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम ८० प्रतिशत सकियो, मंगलबारदेखि सञ्चालनमा आउने पाल्पामा पिसिआर ल्याव सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ । कोरोना परीक्षणका लागि सञ्चालनमा ल्याउन लागिएको ल्याव सञ्चालनको कार्य अन्तिम चरणमा पुगेको हो । ल्यावको आईतबारदेखि आन्तरिक परीक्षणको काम सुरु भएको छ ।
बसाइँसराइले घरहरु जीर्ण
बसाइँसराइले घरहरु जीर्ण पाल्पाको बगनासकाली गाउँपालिका ७ खानीगाउँस्थित कल्लाबारीमा बसाइँसराइ पछि जीर्ण बनेका घर । यहाँका अधिकांश मानिसहरु बसाइँसराइ गरी तराई र शहर तिर जाँदा गाउँका दर्जनौ घरहरु जीर्ण बन्दै गएका छन् ।
पाल्पाको रैनादेवी छहरामा लडेर ७२ वर्षीय वृद्धको मृत्यु
पाल्पाको रैनादेवी छहरामा लडेर ७२ वर्षीय वृद्धको मृत्यु पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४, म्यालढापमा लडेर ७२ वर्षीय एक वृद्धको मृत्यु भएको छ । सोही स्थानका सोमानसिंह सोमैको आफ्नै गोठबाट लडेर आज विहान मृत्यु भएको हो ।
सुनिन छाड्यो सारङ्गीको धुन, गन्धर्व जाति भन्छन्–‘युवा अन्य व्यवसायमा लाग्दा पेसा संकटमा’
सुनिन छाड्यो सारङ्गीको धुन, गन्धर्व जाति भन्छन्–‘युवा अन्य व्यवसायमा लाग्दा पेसा संकटमा’ सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सु–सूचित गर्ने चलन थियो ।
समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम
समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे किसानको रकम गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् । ‘अनुदानको ट्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससबाट विभिन्न मिडियाहरुमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् ।
Weather Update