गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक
मंगलबार, भदौ २, २०७७

तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु
सोमबार, भदौ १, २०७७
कोरोना भाइरस (कोभिड-१९) को महामारीले ग्रस्त भएको बेला जिल्लामा विकासका कामहरु भने निरन्तर चलिरहेका छन् । तानसेन नगर सरकारको बहुप्रतिष्ठित आयोेजना मध्येको तानसेन बजार भित्रका मुुख्य सडकहरुमा ढुा छाप्ने कार्यको दोस्रो चरणको काम भइरहेको छ ।

कर्मचारीमा संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकामा सेवा बन्द
आइतबार, साउन ३२, २०७७
बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

पाल्पा प्रहरी सक्रिय, अवैध हतियार राख्नेहरु पक्राउ
आइतबार, साउन ३२, २०७७
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध हातहतियार नियन्त्रणमा समेत सक्रियता बढाएको छ । जिल्लाका अधिकांश स्थानमा रहेका अवैध हतियारका विषयमा प्रहरीले गोप्य सूचना संकलन गरी उक्त अवैध हातहतियार सहित राख्ने व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको हो ।

जोखिमपूर्ण अवस्थामा रहेको घर सेनाद्वारा भत्काइयो
शनिबार, साउन ३१, २०७७
जोखिमपूर्ण अवस्थामा रहेको घर नेपाली सेनाद्वारा भत्काइएको छ । तानसेन नगरपालिका ६, बर्तुङ्ग पालेपिपलमा रहेको एक घर वर्षाका कारण भत्किने अवस्थामा पुगेपछि नेपाली सेना गोरखदलगण पाल्पाले व्यवस्थित रुपमा भत्काएको हो ।

तानसेनको बिशाल बजार सिल
शुक्रबार, साउन ३०, २०७७
तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र विहिबार साँझा ८ बजेदेखि अर्को निर्णय नहुँञ्जेलसम्मका लागि सील गरिएको हो ।

खोला बढेपछि स्थानीयले निर्माण गरे फड्के पुल
शुक्रबार, साउन ३०, २०७७
खोला बढेपछि स्थानीयले फड्के पुल निर्माण गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या आएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेका हुन् ।

पाल्पामा कुटपिटबाट एक पुरुषको मृत्यु, पोष्टमार्टमका लागि काठमाडौं पुर्याइयो
शुक्रबार, साउन ३०, २०७७
जिल्लाको निस्दी गाउँपालिका ७ ज्यामिरे अदमाराका एक पुरुषको स्थानीय युवकको कुटाईबाट मृत्यु भएको छ । साउन १० गते घर नजिकैको खेल मैदानमा खेल हेर्न पुगेका अदमारका ४२ वर्षका पुरुष रिकमान दिसुवाको स्थानीय २० वर्षका दुर्गाबहादुर सारुको कुटपिटबाट घाइते भएका थिए ।

बुटवलमा लकडाउन
शुक्रबार, साउन ३०, २०७७
कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगर क्षेत्रभित्र भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो ।

कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा...
बिहीबार, साउन २९, २०७७
शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।

माग सम्वोधन हुने लिखित प्रतिबद्धता आएपछि धर्ना स्थगित
मंगलबार, साउन २७, २०७७
१५ दिन सम्म घर-घरमा धारा नआएपछि तिन दिनदेखि धर्नामा बसेका उपभोक्ता एवं पत्रकार जगदीश भट्टराईले माग सम्बोधन हुने लिखित प्रस्ताव आएपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् । साउन २५ गते आइतबारदेखि धर्नामा बसेका भट्टराईका मागप्रति तानसेन खानेपानी उपभोक्ता समितिले लिखित रुपमा सहमती जनाउँदै माग सम्बोधनको लागि काम शुरु गरेको जनाएको...

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
सोमबार, साउन २६, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेश पाँचको प्युठान र रुपन्देहीमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।

तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा
सोमबार, साउन २६, २०७७
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा धारा नआएपछि उनीहरु आन्दोलित भएका हुन् । तानसेन नगरपालिका वडा ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि आइतबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् ।