पाल्पामा तीतेपातीबाट तेल उत्पादन
बिहीबार, साउन २२, २०७७

सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण
आइतबार, साउन १८, २०७७
जिल्लामा सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले सुशासन नभएको भन्दै सुशासन प्रवद्र्धनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा
मंगलबार, साउन १३, २०७७
तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ ।

पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध
सोमबार, साउन १२, २०७७
वर्षाका कारण स्याङ्जाको कालिगण्डकी गाउँपालिका भित्रका सडक अवरुद्ध बनेका छन् । लगातार परेको बर्षाका कारण गाउँपालिका १ को ठाटिभञ्ज्याङमा पहिरो जादा मिर्मी कारीकोट सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डमा पर्ने खहरेखोलामा आएको बाढीले मोटरबाटोमा ठूलो खाडल परेपछि अहिले मिर्मी कोटाकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।

पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु
आइतबार, साउन ११, २०७७
जिल्लामा नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । माथागढी–२, बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा चिदीपानी १ का ५३ वर्षका हर्कबहादुर सारुको मृत्यु भएको हो ।

रामपुरमा प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच दोहरी
शुक्रबार, साउन ९, २०७७
रामपुर नगरपालिकाको सातौं नगरसभा सकिएसंगै नगरपालिकाको गतिविधिलाई लिएर प्रतिपक्ष, सत्तापक्ष र नगरपालिका बिच विज्ञप्तीमा दोहरी सिर्जना भएको छ । एक पक्षले विज्ञप्ती निकाल्न साथ पुनः अर्को पक्षले विज्ञप्ती फाल्दै आ–आफ्ना धारणाहरु सार्वजनिक गर्दै विज्ञप्तीमै दोहरी गर्दै आएका छन् । गत असार ३१ गते भएको नगरसभालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

भूमि आयोग सदस्यलाई मनोनयनपत्र प्रदान
बिहीबार, साउन ८, २०७७
भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश पाँच सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई सदस्य पदको मनोनयनपत्र प्रदान गरिएको छ । प्रदेश नं ५ सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दाङका बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरिएको थियो ।
पाल्पाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क
बुधबार, साउन ७, २०७७
कोरोना भाईरस(कोभिड–१९) संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका जिल्लाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क वितरण गरिएको छ । रिपोर्टिङका लागि फिल्डमा खटीने पत्रकारको सुरक्षाका लागि पत्रकार महासंघ जिल्ला शाखाले एक कार्यक्रमका बिच बुधबार ज्याकेट र मास्क वितरण गरेको हो । लकडाउन चिरेर जोखिमयुक्त रिपोर्टिङ गर्न बाध्य पत्रकारलाई विभिन्न संघसंस्थाहरुको सहयोगमा शाखाले...

पाल्पाका स्थानीय तहमा बेरुजुको थुप्रो, ४५ करोड ६१ लाख बढी
मंगलबार, साउन ६, २०७७
जिल्लाका स्थानीय तहमा व्यापक बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा गरेको लेखापरिक्षणमा जिल्लाका १० वटा पालिकाहरुमा ४५ करोड बढी बेरुजु देखिएको हो । कुनै पनि कार्यालयमा बेरुजु देखिनु भनेको त्यहाँ वित्तीय अनुशासन कायम हुन नसक्नु हो । यसले सम्बन्धित कार्यालयमा अपारदर्शी तवरबाट आर्थिक क्रियाकलाप भइरहेको...