पाल्पामा बालीघरे प्रथा कायमै
                        मंगलबार, भदौ ९, २०७७
                    
                
                        
                    
                        
                                पाल्पामा निषेधाज्ञाको तेस्रो दिन पनि सुनसान
                            
                         सोमबार, भदौ ८, २०७७
                        
                        
                            कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको सोमबार तेस्रो दिन पनि जिल्ला सुनसान रहेको छ । छिमेकी जिल्ला र देशमा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि गत शुक्रबार मध्यरातीदेखि एक हप्ताका लागि जारीभएको निषेधाज्ञाले तेस्रो दिन पनि जिल्ला सुनसान बन्न पुगेको हो ।
                    
                
                        
                    
                        
                                चितुवाको उद्दार
                            
                         आइतबार, भदौ ७, २०७७
                        
                        
                            जिल्लाको मालिका गाउँपालिका ६ को अर्जैमा विरामी चितुवाको उद्दार गरिएको छ । बेहोस अवस्थामा लडिरहेको चितुवाको जिल्ला वन कार्यालयका कर्मचारीले उद्दार गरेका हुन् । खेतमा विरामी अवस्थामा रहेको चितुवालाई सुरक्षित साथ उद्दार गरिएको छ ।
                    
                
                        
                    
                        
                                पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान
                            
                         शनिबार, भदौ ६, २०७७
                        
                        
                            कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पहिलो दिन शनिबार जिल्लाका मुख्य शहर तानसेन, रामपुर, हार्थोक, प्रभास लगायतका क्षेत्र सुनसान देखिएको छ । यस अघि सरकारले जारी गरेको लकडाउनको बेला जस्तै निषेधाज्ञाको समयमा पनि जिल्लामा सुनसान देखिएको हो ।
                    
                
                        
                    
                        
                                प्रभावकारी सेवाप्रवाहका लागि स्थानीय तहमा सहायता कक्ष
                            
                         शुक्रबार, भदौ ५, २०७७
                        
                        
                            प्रभावकारी सेवा प्रवाहका लागि जिल्लाको एक स्थानीय सरकारले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । गुल्मीदरबार गाउँपालिकाले कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउनका लागि सहायता कक्ष सञ्चालन ल्याएको हो ।
                    
                
                        
                    
                        
                                गुल्मीमा एक साता लकडाउन हुने
                            
                         बुधबार, भदौ ३, २०७७
                        
                        
                            गुल्मीमा एक साता लकडाउन (बन्दाबन्दी) जारी गरिने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जिल्लामा एक हप्ता लकडाउन जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
                    
                
                        
                    
                        
                                दलित समुदायलाई आधुनिक आरन
                            
                         बुधबार, भदौ ३, २०७७
                        
                        
                            गल्याङ नगरपालिकाले आरन व्यवसाय गर्दै आएका व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । नगरपालिकामा आरन व्यवसाय सञ्चालन गर्दै आएको दलित समुदायलाई हाते यन्त्र (हेण्ड ब्लोर) वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
                    
                
                        
                    
                        
                                कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
                            
                         मंगलबार, भदौ २, २०७७
                        
                        
                            जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड–१९ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
                    
                
                        
                    
                        
                                गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक
                            
                         मंगलबार, भदौ २, २०७७
                        
                        
                            कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिड्डुँलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको हुनाले जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिड्डुँलमा रोक लगाएको हो ।,
                    
                
                        
                    
                        
                                तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु
                            
                         सोमबार, भदौ १, २०७७
                        
                        
                            कोरोना भाइरस (कोभिड-१९) को महामारीले ग्रस्त भएको बेला जिल्लामा विकासका कामहरु भने निरन्तर चलिरहेका छन् । तानसेन नगर सरकारको बहुप्रतिष्ठित आयोेजना मध्येको तानसेन बजार भित्रका मुुख्य सडकहरुमा ढुा छाप्ने कार्यको दोस्रो चरणको काम भइरहेको छ ।
                    
                
                        
                    
                        
                                कर्मचारीमा संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकामा सेवा बन्द
                            
                         आइतबार, साउन ३२, २०७७
                        
                        
                            बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
                    
                
                        
                    
                        
                                पाल्पा प्रहरी सक्रिय, अवैध हतियार राख्नेहरु पक्राउ
                            
                         आइतबार, साउन ३२, २०७७
                        
                        
                            कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध हातहतियार नियन्त्रणमा समेत सक्रियता बढाएको छ । जिल्लाका अधिकांश स्थानमा रहेका अवैध हतियारका विषयमा प्रहरीले गोप्य सूचना संकलन गरी उक्त अवैध हातहतियार सहित राख्ने व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको हो ।
                    
                
                        
                    
                        
                                जोखिमपूर्ण अवस्थामा रहेको घर सेनाद्वारा भत्काइयो
                            
                         शनिबार, साउन ३१, २०७७
                        
                        
                            जोखिमपूर्ण अवस्थामा रहेको घर नेपाली सेनाद्वारा भत्काइएको छ । तानसेन नगरपालिका ६, बर्तुङ्ग पालेपिपलमा रहेको एक घर वर्षाका कारण भत्किने अवस्थामा पुगेपछि नेपाली सेना गोरखदलगण पाल्पाले व्यवस्थित रुपमा भत्काएको हो ।
                    
                

                    
                    
                    