तानसेनको बिशाल बजार  सिल
                        शुक्रबार, साउन ३०, २०७७
                    
                
                        
                    
                        
                                खोला बढेपछि स्थानीयले निर्माण गरे फड्के पुल
                            
                         शुक्रबार, साउन ३०, २०७७
                        
                        
                            खोला बढेपछि स्थानीयले फड्के पुल निर्माण गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या आएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेका हुन् ।
                    
                
                        
                    
                        
                                पाल्पामा कुटपिटबाट एक पुरुषको मृत्यु, पोष्टमार्टमका लागि काठमाडौं पुर्याइयो
                            
                         शुक्रबार, साउन ३०, २०७७
                        
                        
                            जिल्लाको निस्दी गाउँपालिका ७ ज्यामिरे अदमाराका एक पुरुषको स्थानीय युवकको कुटाईबाट मृत्यु भएको छ । साउन १० गते घर नजिकैको खेल मैदानमा खेल हेर्न पुगेका अदमारका ४२ वर्षका पुरुष रिकमान दिसुवाको स्थानीय २० वर्षका दुर्गाबहादुर सारुको कुटपिटबाट घाइते भएका थिए ।
                    
                
                        
                    
                        
                                बुटवलमा लकडाउन
                            
                         शुक्रबार, साउन ३०, २०७७
                        
                        
                            कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगर क्षेत्रभित्र भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो ।
                    
                
                        
                    
                        
                                कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा...
                            
                         बिहीबार, साउन २९, २०७७
                        
                        
                            शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।
                    
                
                        
                    
                        
                                माग सम्वोधन हुने लिखित प्रतिबद्धता आएपछि धर्ना स्थगित
                            
                         मंगलबार, साउन २७, २०७७
                        
                        
                            १५ दिन सम्म घर-घरमा धारा नआएपछि तिन दिनदेखि धर्नामा बसेका उपभोक्ता एवं पत्रकार जगदीश भट्टराईले माग सम्बोधन हुने लिखित प्रस्ताव आएपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् । साउन २५ गते आइतबारदेखि धर्नामा बसेका भट्टराईका मागप्रति तानसेन खानेपानी उपभोक्ता समितिले लिखित रुपमा सहमती जनाउँदै माग सम्बोधनको लागि काम शुरु गरेको जनाएको...
                    
                
                        
                    
                        
                                छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
                            
                         सोमबार, साउन २६, २०७७
                        
                        
                            प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेश पाँचको प्युठान र रुपन्देहीमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो ।
                    
                
                        
                    
                        
                                तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा
                            
                         सोमबार, साउन २६, २०७७
                        
                        
                            तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा धारा नआएपछि उनीहरु आन्दोलित भएका हुन् । तानसेन नगरपालिका वडा ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि आइतबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् ।
                    
                
                        
                    
                        
                                पाल्पामा तीतेपातीबाट तेल उत्पादन
                            
                         बिहीबार, साउन २२, २०७७
                        
                        
                            पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिव १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढंगले चल्न सकेको थिएन ।
                    
                
                        
                    
                        
                                सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण
                            
                         आइतबार, साउन १८, २०७७
                        
                        
                            जिल्लामा सुशासन नभएको भन्दै स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका संस्थाहरुले सुशासन नभएको भन्दै सुशासन प्रवद्र्धनका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।
                    
                
                        
                    
                        
                                पहिरोको वितण्डा, जमिन भासिएसँगै ३३ घर जोखिममा
                            
                         मंगलबार, साउन १३, २०७७
                        
                        
                            तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ ।
                    
                
                        
                    
                        
                                पहिरोका कारण कालिगण्डकी गाउँपालिकाका विभिन्न सडक अवरुद्ध
                            
                         सोमबार, साउन १२, २०७७
                        
                        
                            वर्षाका कारण स्याङ्जाको कालिगण्डकी गाउँपालिका भित्रका सडक अवरुद्ध बनेका छन् । लगातार परेको बर्षाका कारण गाउँपालिका १ को ठाटिभञ्ज्याङमा पहिरो जादा मिर्मी कारीकोट सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डमा पर्ने खहरेखोलामा आएको बाढीले मोटरबाटोमा ठूलो खाडल परेपछि अहिले मिर्मी कोटाकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ ।
                    
                
                        
                    
                        
                                पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु
                            
                         आइतबार, साउन ११, २०७७
                        
                        
                            जिल्लामा नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । माथागढी–२, बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा चिदीपानी १ का ५३ वर्षका हर्कबहादुर सारुको मृत्यु भएको हो ।
                    
                

                    
                    
                    