Shittalpati
पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द
पाल्पामा जनप्रतिनिधिलाई कोरोना, तानसेन र रम्भाका स्थानीय तहको सेवा बन्द कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउन अग्रभागमा रहेर काम गर्दै आएका जिल्लाका केही जनप्रतिनिधिहरुलाई कोरोना पुष्टि भएको छ । महामारीको सुरुवातदेखिनै आफ्ना नागरिकलाई जोखिमबाट बचाउन टोल–टोल र घर–घरमा पुगी सचेतनाका कार्यक्रमहरुमा सक्रिय हुँदै आएका तानसेन नगरपालिका र रम्भा गाउँपालिकाका ६ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द !
तानसेन नगर सरकारको सेवा असोज ५ सम्मका लागि बन्द ! तानसेनमा जनप्रतिनिधिलाई समेत कोरोना देखिएको छ । रम्भा गाउँपालिकाका दुई जना सहित तानसेनका चार जना जनप्रतिनिधिमा कोरोना देखिएको हो । तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि तानसेन नगर सरकारले शुक्रबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु
पाल्पामा घर भत्किएर च्यापिंदा एक युवकको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका ६ खानीगाउँमा अचनाक घर भत्किदा एक युवकको मृत्यु भएको छ । सोही स्थानकी कान्तिसरा कनौजेको घर भत्किएर च्यापिंदा उनका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो ।
कोरोना अपडेट : पाल्पाका स्थानीय तहमा यस्तो छ अवस्था
कोरोना अपडेट : पाल्पाका स्थानीय तहमा यस्तो छ अवस्था अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो छ । संक्रमणबाट विकसित मुलुकलाई नागरिक बचाउन हम्मेहम्मे परिरहेका बेला संक्रमित नेपाली भने तग्रिँदै गएका छन् ।
प्रहरीलाई कुट्ने तीन युवा माथि मुद्दा दर्ता
प्रहरीलाई कुट्ने तीन युवा माथि मुद्दा दर्ता जिल्लाको रामपुरमा मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने तीन यूवाहरु माथि मुद्दा दर्ता गरिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने तथा अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान कुटेको आरोपमा युवाहरु माथि मुद्दा दर्ता गरिएको हो ।
धर्मचक्र बौद्ध युवा संघको सातौँ अधिवेशन
धर्मचक्र बौद्ध युवा संघको सातौँ अधिवेशन धर्मचक्र बौद्ध युवा संघ, धर्मचक्र महाविहार, तानसेनको सातौँ अधिवेशन भएको छ । कोरोना महामारीका बिच औपचारिक कार्यक्रमको आयोजना गरी अधिवेशन भएको हो ।
पाल्पामा समुदायस्तरमा संक्रमित भेटिएपछि स्थानीय तह बन्द
पाल्पामा समुदायस्तरमा संक्रमित भेटिएपछि स्थानीय तह बन्द जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु धमाधम देखिन थालेका छन् । एक सातादेखि लगातार समुदायमा कोरोना संक्रमित पुष्टि भइरहेका छन् । पाल्पामा विदेश तथा अन्य संक्रमित स्थानबाट नआएकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा संक्रमित बढ्दै गएपछि यहाँका केही स्थानीय तहले आफ्ना क्षेत्रमा धमाधम बन्द गर्न थालेका छन् ...
गुल्मीमा कुटपिटबाट युवकको मृत्यु
गुल्मीमा कुटपिटबाट युवकको मृत्यु जिल्लाको इस्मा गाउँपालिका–१ हस्तिचौरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । इस्मा २ हस्तिचौरका २३ वर्षीय मोतीबहादुर कुँवरको कुटपिटबाट मृत्यु भएको हो ।
निषेधाज्ञा हटेसँगै खुल्यो बजार, भएन व्यापार !
निषेधाज्ञा हटेसँगै खुल्यो बजार, भएन व्यापार ! जिल्लामा दुई हप्तादेखि जारी निषेधाज्ञा हटेसँगै चहपहल सुरु भएको छ । पसल, रेष्टुरेण्ट, होटल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरु खुलेका छन् ।
‘पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’
‘पहिराबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’ गत असार ६ र १८ गते इस्मा गाउँपालिका– १, २, ४ र ६ का विभिन्न ठाउँमा ठूलो पहिरो गयो । पहिरामा पुरिएर वडा नम्बर १ मल्दी र ढाडपाटमा एक/एक गरी दुई जनाको ज्यान गयो ।
गुल्मीमा कोरोना कहरका बिच पनि पुल निर्माण निरन्तर, २१ पुल मध्ये चारवटा सकियो
गुल्मीमा कोरोना कहरका बिच पनि पुल निर्माण निरन्तर, २१ पुल मध्ये चारवटा सकियो विश्वभर फैलिएको कोभिड–१९ का बिच पनि जिल्लामा पुल निर्माणको काम निरन्तर चलिरहेको छ । कोरोना नियन्त्रणका लागि सरकारले बेला–बेलामा गरेको बन्दाबन्दीमा पनि सामाजिक दूरी कायम राख्दै पुल निर्माणको कार्यले निरन्तरता पाएको हो ।
पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो
पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को सहित सर्वपक्षीय बैठकले शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
Weather Update