Shittalpati
कालिगण्डकीमा हाम फालेर एक पुरुष बेपत्ता

पाल्पा । कालिगण्डकी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शुक्रबार जिल्लाको बगनासकाली गाउँपालिका ५ राम्दीका ५० वर्षीय कृष्ण भट्टराई राम्दी पुलबाट कालिगण्डकीमा हाम फालि बेपत्ता भएका हुन् । उनी स्याङजाको गल्याङमा पसल गरी बस्दै आएको र विहान १०ः३० बजेको समयमा राम्दी पुलबाट कालिगण्डगीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भट्टराईले पुलबाट हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । अहिले उनको थप अनुसन्धान र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update