Shittalpati
दसैँमा गाउँ नफर्किन सरकारको आग्रह

पाल्पा । सरकारले दसैँमा गाउँ नफर्किन आग्रह गरेको छ । बजारमा कोभिड १९ संक्रमण दर उच्च भएको र गाउँतिर कोरोना नियन्त्रणतर्फ भएकाले गाउँमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले सरकारले यस वर्षको दसैँ आफु बसेकै ठाउँमा (जो जहाँ छ त्यही) मनाउन आग्रह गरेको हो । सरकारका प्रवक्ता एवंम परारष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रण पनि तिब्र फैलिने भएकाले यस वर्ष दसैँमा गाउँ नजान आग्रह गरेका हुन् ।

अझै कोभिड १९को जोखिम उच्च भएकाले यसपाली गाउँ फर्केर आर्शिवाद लिँदा आमा बुवा, हजुरमा बुवा हजुर आमालाई जोखिममा पार्न सकिने भएकाले दैनिक गतिविधि गर्दा समेत विशेष सावधानी अपनाउन सरकारले आग्रह छ ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update