Shittalpati
रिब्दीकोटमा स्वास्थ्य संयोजकलाई घटुवा गर्ने कार्यको काँग्रेसद्वारा विरोध

पाल्पा । नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य शाखा संयोजकलाई राजनैतिक पूर्वाग्रह साधेर उपसंयोजक पदमा कार्यरत कर्मचारीलाई संयोजकको जिम्मेवारी दिएको विषयको विरोध गरेको छ । गाउँपालिकाले विगत तीन वर्षदेखि छैठौं तह जनस्वास्थ्य निरिक्षक अर्थात् स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हादै आएका बिष्णुदेव खनाललाई संयोजक पदबाट हटाएर सोही शाखाको उपसंयोजक पदको जिम्मेवारीमा रहेका सुनिल अधिकारीलाई संयोजकको जिम्मेवारी दिनेगरी गरेको निर्णयको रिब्दीकोट काँग्रेसले विरोध गरेको हो ।

काँग्रेका गाउँपालिका सभापति रामचन्द्र पाण्डेको नेतृत्वमा गएको काँग्रेसको टोलीले गाउँपालिका अध्यक्ष नारायण जिसीको ध्यानाकर्षण गराउर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ । पदीय र कार्य अनुभवका हिसावले खनाल सिनियर कर्मचारी हुन् भने अधिकारी जुनियर । यसै पनि सिनियर कर्मचारीले काम गर्दागदै विना कारण पदबाट हटाउनु स्थानीय सरकारको सरासर गलत कदम भएको काँग्रेसको ठहर छ । गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीको ठाडो आदेशमा सिनियर कर्मचारी खनाललाई संयोजक पदबाट हटाउने तयारी भएपछि राजनितिक पूर्वग्राह र विधिविधान विपरीत संयोजक नियुक्त गर्न नहुने भन्दै काँग्रेसले तत्काल निर्णय सच्याउन गाउँपालिकालाई आग्रह गरिएको सभापति पाण्डेले बताए । निर्णय नसच्याइए काँग्रेस कडा रुपमा प्रस्तुत हुने पार्टी सचिव इन्द्र पाण्डेले जानकारी दिए । शुक्रबार पार्टी सभापति रामचन्द्र पाण्डे, सचिव इन्द्र पाण्डे, गाउँपालिकाका उम्मेदवारका प्रत्यासी गोविन्द्र बहादुर आचार्य, नेविसंघका जिल्ला सचिव दीपक पाण्डे लगायतको टोलीले गाउँपालिकामै उपस्थित भई अध्यक्षको ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्य शाखा उपसंयोजक पदमा रहेका अधिकारीलाई संयोजकको जिम्मेवारी दिईनु आफैमा गैरकानूनी भएकाले त्यसको विरोध भएको काँग्रेसले जनाएको छ । कानुनतः स्वास्थ्य सेवा ऐन नियमावली अनुसार सिनियरलाई नै प्रमुख बनाउनु पर्छ । तर गाउँपालिकाका अध्यक्ष नरायणबहादुर जिसीको ठाडो आदेशमा सिनियर कर्मचारी खनाललाई हटाउने तयारीले आफुहरुको आपत्ति रहेको काँग्रेसले जनाएको छ ।

अध्यक्ष जिसीले अधिकारीले छैठौं तहमा बढुवा भएको र स्वास्थ्य संयोजकको पदमा आफुलाई नियुक्त गरिदिन निवेदन दिएकाले उक्त निवदेनका आधारमा प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्याललाई स्वास्थ्य संयोजकमा नियुक्त गर्न निर्देशन दिएको बताए । अध्यक्ष जिसीका अनुसार अधिकारीलाई असोजको २५ गतेदेखि स्वास्थ्य संयोजकको जिम्मेवारी दिन लागिएको छ । स्थानीय तह सञ्चालन भए देखिनै आफु निरन्तर जिम्मेवारपूर्वक कार्यसम्पादनमा लागेको स्वास्थ्य संयोजक खनालको भनाई छ । एकाएक विना कारण आफुलाई संयोजक पदबाट हटाउन खोज्दा आफु आश्चार्यमा परेको पिडित खनालको भनाई छ । खानालले भने‘ गत सोमबार अध्यक्ष ज्यूले एक्कासी फोन गरेर हजुरको पद फेरबदल हुँदै छ, हजुरलाई अन्यत्र व्यवस्थापन गर्दै छौै भन्नु भयो ।’ ‘मेरो काम प्रति सन्तुष्ट नै हुनुहुन्थो तर अचनाक अध्यक्ष ज्यूले जिम्मेवार फेरबदल गर्न लागेको खवरले आफुलाई दुखि बनाएको छ ’उनले भने । स्वास्थ्य संयोजकमा नियुक्त हुन लागेका अधिकारीले भने आफनो शैक्षिक योग्यता, क्षमताका कारण संयोजकमा दावी गरेको बताए । उनले गत साउन ६ गते गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत समक्ष योग्यता र क्षमताका आधारमा आफुलाई संयोजकमा नियुक्त गर्न निवेदन दिएका थिए । छैठौ तहमा बढुवा भएपछि समान हैसियत भएकाले आफुले संयोजकमा दावी गरेको अधिकारीको भनाई छ । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याललले भने अध्यक्षबाट लिखित आदेश आईसकेपछि कार्यान्वयनमा सहमती जनाएको
बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update