Shittalpati
अवैध भरुवा बन्दुक फेला

पाल्पा । माथागढी गाउँपालिका–५, सुर्काबाँसमा अवैध भरुवा बन्दुक भेटिएको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी माथाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा सुर्काबाँसमा एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । सो बन्दुक कसले कहिले फालेको हो भनी खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update