Shittalpati
गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा छोराले बुवालाई कुटपिट गर्दा ६० वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनका २६ वर्षीय छोरा अनिल बस्नेतले आइतबार साँँझ ६ बजेतिर आफ्नै घरभित्र बुवालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

मुख र छातिमा भित्रि चोट लागेका दिलबहादुरलाई तम्घास अस्पतालले मिसन अस्पताल पाल्पा रिफर गर्‍यो । मिसन अस्पतालले प्रवास अस्पताल र प्रवास अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो । सोमबार बिहान ३ः५५ मा उपचारका लागि बुटबल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको पन्तले जानकारी दिए । बुवालाई कुटपिट गर्ने छोरा भने फरार रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update