दलित समुदायलाई आधुनिक आरन
बुधबार, भदौ ३, २०७७
कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल
मंगलबार, भदौ २, २०७७
जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड–१९ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँडडुलमा रोक
मंगलबार, भदौ २, २०७७
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिड्डुँलमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको हुनाले जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिड्डुँलमा रोक लगाएको हो ।,
तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु
सोमबार, भदौ १, २०७७
कोरोना भाइरस (कोभिड-१९) को महामारीले ग्रस्त भएको बेला जिल्लामा विकासका कामहरु भने निरन्तर चलिरहेका छन् । तानसेन नगर सरकारको बहुप्रतिष्ठित आयोेजना मध्येको तानसेन बजार भित्रका मुुख्य सडकहरुमा ढुा छाप्ने कार्यको दोस्रो चरणको काम भइरहेको छ ।
कर्मचारीमा संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकामा सेवा बन्द
आइतबार, साउन ३२, २०७७
बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
पाल्पा प्रहरी सक्रिय, अवैध हतियार राख्नेहरु पक्राउ
आइतबार, साउन ३२, २०७७
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध हातहतियार नियन्त्रणमा समेत सक्रियता बढाएको छ । जिल्लाका अधिकांश स्थानमा रहेका अवैध हतियारका विषयमा प्रहरीले गोप्य सूचना संकलन गरी उक्त अवैध हातहतियार सहित राख्ने व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको हो ।
जोखिमपूर्ण अवस्थामा रहेको घर सेनाद्वारा भत्काइयो
शनिबार, साउन ३१, २०७७
जोखिमपूर्ण अवस्थामा रहेको घर नेपाली सेनाद्वारा भत्काइएको छ । तानसेन नगरपालिका ६, बर्तुङ्ग पालेपिपलमा रहेको एक घर वर्षाका कारण भत्किने अवस्थामा पुगेपछि नेपाली सेना गोरखदलगण पाल्पाले व्यवस्थित रुपमा भत्काएको हो ।
तानसेनको बिशाल बजार सिल
शुक्रबार, साउन ३०, २०७७
तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र विहिबार साँझा ८ बजेदेखि अर्को निर्णय नहुँञ्जेलसम्मका लागि सील गरिएको हो ।
खोला बढेपछि स्थानीयले निर्माण गरे फड्के पुल
शुक्रबार, साउन ३०, २०७७
खोला बढेपछि स्थानीयले फड्के पुल निर्माण गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या आएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेका हुन् ।
पाल्पामा कुटपिटबाट एक पुरुषको मृत्यु, पोष्टमार्टमका लागि काठमाडौं पुर्याइयो
शुक्रबार, साउन ३०, २०७७
जिल्लाको निस्दी गाउँपालिका ७ ज्यामिरे अदमाराका एक पुरुषको स्थानीय युवकको कुटाईबाट मृत्यु भएको छ । साउन १० गते घर नजिकैको खेल मैदानमा खेल हेर्न पुगेका अदमारका ४२ वर्षका पुरुष रिकमान दिसुवाको स्थानीय २० वर्षका दुर्गाबहादुर सारुको कुटपिटबाट घाइते भएका थिए ।
बुटवलमा लकडाउन
शुक्रबार, साउन ३०, २०७७
कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगर क्षेत्रभित्र भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो ।
कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा...
बिहीबार, साउन २९, २०७७
शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ ।
माग सम्वोधन हुने लिखित प्रतिबद्धता आएपछि धर्ना स्थगित
मंगलबार, साउन २७, २०७७
१५ दिन सम्म घर-घरमा धारा नआएपछि तिन दिनदेखि धर्नामा बसेका उपभोक्ता एवं पत्रकार जगदीश भट्टराईले माग सम्बोधन हुने लिखित प्रस्ताव आएपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् । साउन २५ गते आइतबारदेखि धर्नामा बसेका भट्टराईका मागप्रति तानसेन खानेपानी उपभोक्ता समितिले लिखित रुपमा सहमती जनाउँदै माग सम्बोधनको लागि काम शुरु गरेको जनाएको...


