Shittalpati
माथागढीमा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवामा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण भएको छ । गाउँपालिकाले स्थानीय स्तरदेखि नै योजना प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता समितिका पदाधीकारीलाई एक दिने योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो । अभिमुखी कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले कार्यक्रमले योजना फरफारकलाई पारदर्शी र सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकारका योजना निर्माणमा उपभोक्ता समितिको महत्वपूर्ण योगदान रहने भन्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न कार्यक्रममा सहभागीहरुलाई आग्रह गरे ।

गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले कार्यक्रमले अज्ञानताका कारण सहि योजना निर्माणमा समस्या उत्पन्न भएको अवस्थामा अभिमुखीकरण तालिमले सहज बनाउने बताईन् । कार्यक्रममा गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले योजना फरफारका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न उपभोक्ता समितिका ५४ जनाको सहभागिता रहेको थियो । कारोनाको जोखिमलाई मध्यनजर गर्दै अभिमुखिकरण कार्यक्रम दुई सिप्टमा दिइएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update