बुटवलमा पाँच सय लालपुर्जा वितरण
बिहीबार, असोज २९, २०७७
माथागढीमा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
बिहीबार, असोज २९, २०७७
जिल्लाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवामा योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण भएको छ । गाउँपालिकाले स्थानीय स्तरदेखि नै योजना प्रभावकारी र पारदर्शी बनाउन उपभोक्ता समितिका पदाधीकारीलाई एक दिने योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण तालिम दिइएको हो ।
भाडगाउँ–मझेङ खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता
बिहीबार, असोज २९, २०७७
रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षिय सम्झौता भएको छ । जलवायु अनुकुलित वृहत खानेपानी आयोजना अन्तर्गत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता गरिएको हो ।
माथागढीमा अवरुद्ध टेलिकम टावर बनेसँगै सञ्चारमा सहज
बुधबार, असोज २८, २०७७
बर्खा लागेसँगै अवरुद्ध बनेको माथागढी गाउँपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावर अहिले सञ्चालनमा आएको छ । लामो समयपछि टावर मर्मतसंभार गरेपछि अहिले सेवा सञ्चालनमा आएको हो । बर्खाको समयमा भुटुकेमा रहेको जलविद्युत्को बाध भत्किएपछि नियमित रुपमा विद्युत् आपूर्ति हुन नसक्दा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध बनेको थियो ।
पाल्पाको पूर्वखोला प्रवेशमा पिसीआर अनिवार्य
बुधबार, असोज २८, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसीआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो ।
गुल्मीदरबार गाउँपालिकाले गर्यो बजार अनुगमन
मंगलबार, असोज २७, २०७७
गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा गाउँपालिकाका कर्मचारीहरुको भिन्न–भिन्न समूह निर्माण गरी बजार अनुगमन गरिएको हो ।
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि, भएन अनुगमन
सोमबार, असोज २६, २०७७
दसैँको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले मूल्य बढेर आएको होलसेल व्यापारीहरु बताउँछन् ।
गुल्मीमा विस्फोटक पदार्थ सहित मोटरसाईकल बरामद
आइतबार, असोज २५, २०७७
जिल्ला प्रहरी कार्यालय गुल्मीले वन्यजन्तु चोरी शिकारमा प्रयोग हुने विस्फोटक पदार्थ सहित मोटरसाइकल बरामद गरेको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवम पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले शनिबार राती रेसुङ्गा संरक्षित बनको गौशाला नजिकबाट विस्फोटक पदार्थ सहित दुई वटा मोटर साइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका...
गुल्मीमा यसरी ठगिए मिटर रिडरबाट उपभोक्ता
आइतबार, असोज २५, २०७७
गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २ सय बुझाए । उनको घरमा मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए ।
रिब्दीकोटमा स्वास्थ्य संयोजकलाई घटुवा गर्ने कार्यको काँग्रेसद्वारा विरोध
शुक्रबार, असोज २३, २०७७
नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य शाखा संयोजकलाई राजनैतिक पूर्वाग्रह साधेर उपसंयोजक पदमा कार्यरत कर्मचारीलाई संयोजकको जिम्मेवारी दिएको विषयको विरोध गरेको छ । गाउँपालिकाले विगत तीन वर्षदेखि छैठौं तह जनस्वास्थ्य निरिक्षक अर्थात् स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हादै आएका बिष्णुदेव खनाललाई संयोजक पदबाट हटाएर सोही शाखाको उपसंयोजक पदको जिम्मेवारीमा रहेका सुनिल अधिकारीलाई संयोजकको...
कालिगण्डकीमा हाम फालेर एक पुरुष बेपत्ता
शुक्रबार, असोज २३, २०७७
कालिगण्डकी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शुक्रबार जिल्लाको बगनासकाली गाउँपालिका ५ राम्दीका ५० वर्षीय कृष्ण भट्टराई राम्दी पुलबाट कालिगण्डकीमा हाम फालि बेपत्ता भएका हुन् ।
माथागढीमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने बढे
शुक्रबार, असोज २३, २०७७
जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने विभिन्न अभियान सञ्चालनसँगै गर्भवती महिलालाई प्रोत्साहन गरेकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो ।
पाल्पामा कोरोना परीक्षण सुरु, दैनिक एक सय ३२ जनाको नमूना परीक्षण हुने
बिहीबार, असोज २२, २०७७
पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ । विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश पाँचको पाल्पामा पनि सुरु भएको हो । यसअघि बिरामीको नमूना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौं पठाउने गरिएकोमा विहिबारबाट पाल्पाको तानसेनमै परीक्षण सुरु भएको छ ।


