Shittalpati
तानसेनले माग्यो प्रदेशसँग ३ सय ७५ खानेपानीका योजना

कृष्ण पोखरेल
पाल्पा । तानसेन नगरपालिकाले वास (खानेपानी सरसफाई तथा स्वच्छता) कार्यक्रमको प्रतिवेदन प्रमाणिकरण गरेको छ । गणक तथा प्रतिनिधीहरु घर–घरमा पुगी खानेपानी, शौचालय र धारा भए नभएको घर संख्याको विवरण संकलन गरी तयार गरेको प्रतिवेदन नगर सरकारले प्रमाणित गरेको हो । उक्त प्रमाणित गरेको प्रतिवेदन नगर सरकारले लुम्विनी प्रदेश कार्यालयमा पठाएको छ ।

संकलित तथ्याड्ढ अनुसार तानसेन नगरपालिकाले प्रदेश सरकासँग ३ सय ७५ वटा नयाँ खानेपानी योजनाको माग गरेको छ । नगर सरकारले तानसेनमा खानेपानीको आवश्यकतालाई प्राथमिकतामा राखेर योजनाको माग गरेको हो । माग गरिएका योजना मध्ये ७० प्रतिशत लिफ्ट योजना रहेका छन् । कार्यालयले संकलन गरेको तथ्याड्ढ अनुसार ११ हजार १ सय ९० घरधुरी मध्ये ७० प्रतिशत घरधुरीमा एक घर एक धारा अनुसार खानेपानी सुविधा पुगेको र बाँकी ३० प्रतिशत उपभोक्ताले कुवा, पधेरा र खोलाको पानी प्रयोग गर्दै आएका छन् । तानसेन नगरपालिकाले पुराना ठूलो लिफ्ट खानेपानी योजना अन्तगर्त, भुल्के, सिस्ने, होलाङ्दी, तीनधारा क्षेत्रका योजनामर्मत सम्भारमा राखेको छ, भने तानसेन बजार बिचबाट लिफ्ट भएका खानेपानीलाई ग्राविटी फ्लो अन्र्तगतका बस्तीहरुमा प्रयोग गर्ने गरी योजना संकलन गरेको छ । उक्त तथ्याङ्कमा नगरपालिका भित्र ९५ घरमा शौचालयविहन रहेको उल्लेख गरिएको छ । वासले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले प्रमाणिकरण गरेका छन् । नगर प्रमुख शाहीले वास कार्यक्रम मार्फत अबको दुई बर्ष भित्र सबै नगरवासीको घर–घरमा खानेपानीको धारा हुने बताएका छन् । शौचालय नबनेका घरहरुमा पालिकाले सहयोग गरी अनिवार्य शौचालय निर्माणमा पहल गर्ने नगर प्रमुख शाहीले बताए । वास कार्यक्रमले गर्दा पालिकाको तथ्याड्ढ अपडेट भएको भन्दै प्रत्येक बर्ष तथ्याड्ढलाई नविकरण गर्दै जानु पर्ने नगर प्रमुख शाहीले बताए ।

कार्यक्रममा उप प्रमुख लक्ष्मीदेवी पाठकले वास कार्यक्रमले पालिकाको खानेपानीको यर्थात् अवस्थाको पहिचान गराएको बताइन् । उनले जनसंख्या सहित घरधुरीको विवरण आएकाले आगामी दिनमा योजना निर्माण गर्न सजिलो भएको बताइन् । खानेपानीका मुहानहरुमा फोहोर बढ्दै गएको र अतिक्रमण बढेकाले तारवार जाली लगाई बोट विरुवा रोपण गरी मुहान संरक्षणका लागि अभियान सञ्चालन गर्नुपर्ने उप प्रमुख पाठकले बताइन् । वास कार्यक्रममका फोकल पर्सन शंकर भण्डारीले नगरपालिकाको वस्तु स्थितीको यर्थात् जानकारी लिदा विगतमा ग्राविटी फ्लो अन्र्तगत खानेपानीको सुविधा लिदै आएका जनताहरुलाई अहिले लिफ्ट प्रविधीबाट खानेपानीको सुविधा पुर्‍याउनु पर्ने अवस्था आएको बताए । प्रकृति विनाससंगै, अत्याधिक डोजरको प्रयोग, मुल संरक्षणमा वेवास्ता, लगायतका असन्तुलित विकासका कारण पानीका मुलहरु सुक्दै गएकाले अधिकांश खानेपानीका योजना लिफ्ट प्रविधीबाट सञ्चालन गर्नुपर्ने अवस्था आएको फोकल पर्सन भण्डारीले बताए । कार्यक्रममा वास संयोजक विष्णुमाया थापा, तथा पालिकाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update