Shittalpati
पाल्पाको बगनासकालीमा शिशु फाल्ने महिला पक्राउ

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका १ मा नवजात शिशु जन्माएर फाल्ने एक महिला पक्राउ परेकी छन् । तानसेन नगरपालिका १४ घर भई हाल बगनासकाली गाउँपालिका ३ माईती घरमा बस्दै आएकी २६ वर्षीय हुमा कुमारी दर्जीलाई प्रहरीले मंगलबार साँझा पक्राउ गरेको हो ।

गत विहीबार बगनासकाली गाउँपालिका १ खोरबारी स्थित बगनासकाली हेल्थ पोष्ट नजिकैको खेल्सामा नवजात शिशु मृत अवस्थामा फेला परेको थियो । उक्त शिशु कसले फालेको भन्ने विषयमा खोजअनुसन्धान गर्दै जाँदा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले ति महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update