Shittalpati
गुल्मीमा राष्ट्रिय परिचयपत्रका लागि ४३ हजार बढीले विवरण दर्ता गराए

गुल्मी । गुल्मीका स्थानीय तहरुमा ४३ हजार २ सय ९४ जना नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जिल्लाका ४ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्य सकिदाँ ४३ हजार २ सय ९४ जनाले विवरण दर्ता गराएका हुन् ।

अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिविरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्यलाई तिब्र पारिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएको छ । गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९ सय ५ जनाको विवरण दर्ता संकलन गरिएको छ । त्यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ७७० जनाको बिवरण दर्ता संकलन गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । मदाने गाउँपालिकामा ९ हजार ७८० जनाको संकलन गरिएको छ ।

यस्तै छत्रकोट गाउँपालिकामा १० हजार ८३९ जनाको विवरण दर्ता संकलन गरिएको छ । जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा बिवरण दर्ता कार्य सुरु भएको छ । मुसिकोट नगरपालिकामा कार्य जारी रहेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६० जना दर्ता संकलक मार्फत टोलि खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।संकलन कार्यको लागि एउटा स्थानीय तहमा १५ दिनसम्म संकलन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राष्ट्रिय परिचयपत्रले नागरीकलाई राज्यबाट हुने सेवा सुविधा सहज रुपमा प्राप्तगर्नका लागिप्रयोग गरीने आधारभूत पहिचान भएको परिचयपत्र हो । राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो । वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्ममिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान–श्रीमतिको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन । जैविक विवरण अन्तर्गत औँठाछाप, दुईवटा आखाँको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरीने गरिन्छ । परिचयपत्रले नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहने छ । परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाई सराइ गरेको हकमा बसाईसराइको सक्कल कगजपत्र चाहिन्छ । जिल्ला जिल्ला सदरमुकाम तम्घासको जिल्ला प्रशासन कार्यालमा ३ जना अपरेटरबाट काम सुरु गरिएको थियो । यो अभियान स्थानीय तहमा चहिरहेको छ । – पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update