Shittalpati
कोरोनाले गर्दा लागेन यसवर्ष बाला चर्तुदशीको मेला

गुल्मी । बाला चर्तुदशीको अवसरको गुल्मीको शान्तिपुरमा लाग्ने चक्रेश्वर मेला यसवर्ष भने कोरोना महामारीका कारण हुन पाएन । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा ४ शान्तिपुरमा पर्ने मन्दिरमा बाला चर्तुदशीकोमा सतबिज छर्ने पर्वको अवसरमा यस क्षेत्रको चर्चित एबं धार्मिक रुपले पनि लोकप्रिय मानिदै चक्रेश्वर मेला कोरोना महामारी कारण नलागेको हो ।

विश्वव्यापी रुपमा चलेको कोरोना महामारीले गर्दा यस वर्ष भने मेलाका कुनै पनि कार्यक्रम भएनन् । मेलासँगै स्थानीय व्यावसायीहरुको विभिन्न व्यवसायमा समेत फाइदा हुने गर्दथ्यो । हिन्दु धर्म अनुसार बाला चर्तुदसीको अवसरमा सतबिज छर्नाले पुण्यलाभ हुने जनविश्वास रहिआएकाले यस क्षेत्रमान विगत सयौ वर्ष पहिलेदेखि नै पूजाआजा हँुदै आएको थियो । धार्मिक रुपले पनि निकै महत्वपूर्ण मानिएको यस क्षेत्रको यो पर्व तथा मेलामा चर्चित राष्ट्रिय कलाकारहरु ल्याएर कार्यक्रम हुने गर्दथ्यो । धेरै वर्ष पहिलेदेखि पूजाआजा सहित स्थानीयस्तरको विविध धार्मिक झाँकी, भजन कृतन विभिन्न साँस्कृतिक कार्यक्रम हुँदै आएको थियो । पछिल्लो समय यता मेलालाई थप व्यवस्थित गर्नको लागि राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रम हुँदै आएको थिए ।

मेलामा जिल्लाका विभिन्न ठाउँ सहित बाग्लुङ्ग, पाल्पा, बुटवल सम्मका तिर्थालुले अवलोकन गर्न आउने गर्दछन् । मेलासँगै त्यस स्थानमा रहेका अर्जेवाको झरना, टिमुरे लेक, कौडेभुलेनीको लेक, सिद्धबाबा, चन्द्रकोट मन्दिर, दिवरुङ्ग शिवालय, चक्रेश्वर शिवालय लगायतका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न सहयोग गर्दै आएको थियो । महोत्सवमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी, स्थानीय झाँकी, स्थानीय मौलिक जातजातिको नाँचगान, भजन, पञ्चेबाजा मेलाका मुख्य आकर्षण रुपमा रहदै आएका थिए । –अनिल खत्रीबाट

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update