Shittalpati
गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु

पाल्पा । गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ७ वामिटक्सारका २६ वर्षीय धिरज कार्कीको आफ्नै घरको मोबाईल पसलमा तार सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार कार्की करेन्ट लागेपछि बेहोस भएका थिए । बेहोस बनेका उनलाई आफन्तले उपचारका लागि लुम्बिनी अस्पताल वामी पुर्‍याएकोमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update