Shittalpati
पाल्पाको रामपुरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु

पाल्पा । जिल्लाको रामपुर नगरपालिका ६ प्याकलुकमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । सोही ठाँउका ५७ वर्षीय नेत्र बहादुर हमालको आफ्नै टिनले छाएको दुई तल्ले कच्चीघरको छतबाटा खसेर मृत्यु भएको हो ।

उनी पिसाब फेर्न निस्किने क्रममा छतबाट खस्न पुगी घाइते भएका थिए । घाइते उनको उपचारको लागि रामपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update