Shittalpati
सरकार असफल भईसक्यो : डा.भण्डारी

जगदीश भट्टराई
गुल्मी (दीगाम) । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार असफल भएको आरोप लगाएका छन् । गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ कम्युनिष्ट सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार असफल भइसेको बताए ।
उनले नेकपाका अध्यक्षहरु ओली र प्रचण्डहरुको गुट उपगुटको विवाद र सत्ताको मजा लिने र संगठन गर्नेहरु बीचको विवादले गर्दा सरकार नै असफल भएको आरोप लगाए । डा. भण्डारीले भने, ‘अब यो सरकार असफल भयो, अब ओली सरकारबाट आशा गर्न सकिदैन ।’ उनले नेकपाको दुई तिहाईको सरकारले जनताका भावनालाई नबुझेर एक आपसमा आफुहरुका नेताहरु बीच लडाई चली रहेको अवस्थाले गर्दा पनि नेकपाबाट आमजनताको भलो नहुने देखेपछि नेकपाका कार्यकर्ताहरुले अहिले देशव्यापी रुपमा पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्ने लहर बढेको बताए ।

उनले नेकपाको सरकारले देश विकास गर्नुको साटो नेता र अगुवा कार्यकर्ता पाल्ने काम भएको र मुलुकमा भ्रष्टाचार मौलाएको, विदेशी हस्तक्षेप बढेको आरोप लगाए । नेता भण्डारीले भने, ‘वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको बहुमत प्राप्त सरकारका हरेक काम कारवाही जनविरोधी भएको र सिंगो सरकार र पार्टीका नेताहरु भ्रष्टाचारको दलदलमा फसेको आरोप बताए । नेपाली काँग्रेस गुल्मीका सभाापति भूवन प्रसाद श्रेष्ठले गुल्मी जिल्लामा नेकपाले जितेका स्थानीय तहहरुमा भएका अनियमितता र नातावाद कृपावादका कारण जनता वाक्क भएर पार्टी परित्याग गरि काँग्रेसको अभियानमा लागेको धारणा व्यक्तगर्दै, यो सरकारले जनता र मुलुकको हित गर्न नसक्ने बताए ।

नेपाली काँगेस गुल्मीका उपसभापति विष्णु बलालले वर्तमान सरकार जनविरोधी र कानूनी राज्यको उपहास गर्ने खालको भएका कारण देशी तथा विदेशी तत्वको इशारामा चल्न थालेको आरोप लगाए । काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले, अब गाउँ गाउँबाट काँग्रेस प्रति जनताको आस्था र विश्वास बढ्रदै गएको बताउँदै गुल्मी काँग्रेसले जिल्लाका रहेक क्षेत्रको विकासमा जोड दिने कार्ययोजनाका साथ अगाडि बढेको बताए । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ प्रदेश क का सभापति तथा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले देश, जनता र लोकतन्त्र प्रतिको आस्था अनि विश्वासको मुख्य आधार नै काँग्रेस भएको बताउँदै विकासका हरेक क्रियाकलापलाई काँग्रेसले सधै सिरोधार्य गर्ने धारणा व्यक्त गरे । नेकपा परित्याग गरेर नेकाँ प्रवेश गरेका भूपाल ज्ञवालीले नेकपाले बहुमतको सरकार भएर पनि आमनेपालीका भावनालाई बुझ्न नसकेका कारण धेरैले पार्टी परित्याग गरेको बताए । काँग्रेसले लोकतन्त्रको रक्षाका लागि सदैव अगाडि बढ्नुपर्ने बेला आएको बताए । नेपाली काँग्रेस छत्रकोट गापा वडा ४ का पार्टी सभापति जितबहादुर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँगेस छत्रकोटका नेता तथा छाया सरकार प्रमुख अनन्त पौडेलले देश विकासका लागि काँग्रेस बाहेक अरु पार्टी नभएको बताए । विद्यार्थी नेता मोती भण्डारीले अनियमितताका कारण सरकार जनविरोधी भएको आरोप लगाए । स्थानीय अगुवा कार्यकर्ता भेषराज कंडेलको स्वागतमा शुरु भएको कार्यक्रमको सञ्चालन युवा नेता कृष्ण भण्डारीले गरेका थिए ।
नेकपा परित्याग गर्नेहरुको लर्को
वर्तमान सरकारका क्रियाकलापले जनताको हित नगर्ने भन्दै गुल्मी दिगाम दर्जनौ घर परिवारबाट नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको छ । गाउँको विकास र जनताका इच्छा आकाक्षाप्रति स्थानीय, प्रदेश र केन्द्र सरकारले वास्ता नगरेको भन्दै त्यहाँका महिला, युवाहरुको बथानै काँग्रेसमा प्रवेश गरे पछि नेकपा गुल्मीमा हलचल मच्चिएको छ । छत्रकोट ४ का अगुवा कृषक सेवा निर्वत अधिकृत भूपाल ज्ञवालीको नेतृत्वमा ५० भन्दा धेरै दीगामका स्थानीय वासिन्दाको एक हुलले बुधवार पार्टी प्रवेश गरे पछि, जिल्लाकै लाला किल्ला मानिएको दिगाममा नेकपालाई ठूलै धक्का लाग्ने पक्का भएको छ । इतिहासमै नेपाली काँग्रेसको तर्फबाट खुला रुपमा यसरी गरिएको यति ठूलो कार्यक्रम यो पहिलो हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update