Shittalpati
रेसुङ्गाको बहुप्रतिक्षित खानेपानी आयोजनाको शिलान्यास

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको बहुप्रतिक्षित आयोजना रेसुङ्गा,भाडगाँउ–मझेङ्ग खोला खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । बुधबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले यस खानेपानी आयोजनाको शिलान्यास गरेका हुन् । रेसुङ्गा नगरपालिकाको गौरवको आयोजना रेसुङ्गा भाडगाउँ, मझेङ खोला खानेपानी आयोजना निर्माणका लागि त्रिपक्षिय सम्झौता गरिएको थियो । जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्तर्गत रेसुङ्गा नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि रेसुङ्गा भाडगाँउ, मझेङ खोला खानेपानी आयोजनाको त्रिपक्षिय सम्झौता गरिएको थियो । संघीय खानेपानी आयोजना डिभिजन कार्यालय अर्घाखाँची, उपभोक्ता समिति, तथा त्यस खानेपानी आयोजना निर्माणको जिम्मा लिएको कन्काई जयमाता जेभी प्रालिबीच २५ करोड १२ लाख लागत स्टमेटको सम्झौताको गरिएको थियो । यस खानेपानी आयोजना २१ महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ । उक्त योजनाको कुल रकमको ९० प्रतिशत रकम नेपाल सरकारले र बाँकी १० प्रतिशत रेसुङ्गामझेङ्ग खोलाभाड गाँउखानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यहोर्ने छ ।

खानेपानी आयोजनाको शिलान्यास गर्दै मेयर भुसालले निकै ठुलो दौडधुपबाट खानेपानी आयोजना पार्न सफल भएको बताए । अहिले आफैले शिलान्यास गरी योजनाको कार्य शभारम्भ गर्न पाउँदा खुसी लागेको बताए । उनले नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि आफु निरन्तर लागि रहेको भन्दै आफ्नो कार्यकालमै नगरपालिकालाई खानेपानीको समस्याबाट मुक्त बनाउने बताए । यो योजना सम्पन्न भएपछि यस नगरपालिकाको १४ वटै वडाहरुमा गुणस्तरी, शुद्ध खानेपानी घर(घरमा पुर्याउने बताए । आफु निर्वाचनमा जाँदा नगरबासीलाई प्रशस्त खानेपानी पुर्याउने निर्वाचनमा गरेको अठोट पुरा गरेरै छाड्ने बताए । खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा रेसुङ्गा नगरपालिका–३ का वडाअध्यक्ष थम्मन केसीले गौरवको योजनाको रुपमा रहेको यस खानेपानी आयोजनाको शिलान्यास गर्नु महत्वपूर्ण क्षण भएको बताए । मझेङ्ग खोलादेखि रेसुङ्गाको शिर शिद्धबाबासम्म पानी लिफ्टिङ्ग गरी नगरपालिका भित्रका अन्य स्थानमा प्रर्याप्त खानेपानी पुर्याउने यस आयोजनाको लक्ष्य रहेको उनले उल्लेख गरे ।

यस नगरक्षेत्रमा कूल ३१ लाख ६३ हजार लिटर प्रतिदिन पानीको माग हुने र यसमध्ये प्रतिदिन १९ लाख ५६ हजार लिटर पानी मझेङ्गखोलाबाट लिफ्ट गरी ३०.२ लिटर प्रति सेकेण्डका दरले दैनिक १८ घण्टा मात्र पम्प संचालन गरी पानी पूर्ति गरिने संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीका इन्जिनियर विजय खरेलले जानकारी दिए । बाँकी १२ लाख ७ हजार लिटर विद्यमान आयोजनाको श्रोतबाट पूर्ति गरिने जानकारी आयोजना इन्जिनियर बिजय खरेलले बताए । आयोजनाको मूख्य संरचनाहरुमा मूख्य पाइपलाइन, सेडमेन्टेसन ट्यांकी, स्लो स्याण्डफिल्टर, ११ वटानयाँ ट्यांकी, थोक वितरण प्रणाली, उपभोक्ता समिति भवन लगायतका संरचना समेत निर्माण उनले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update