Shittalpati
गोठ भत्किँदा चार लाखको क्षति

पाल्पा । पाल्पामा गोठ भत्किँदा चाख लाख बराबरको क्षति भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ रिठाबोट निवासी कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ भत्किन पुग्दा चार लाख बराबरको भौतिक क्षति भएको हो ।

गोठ भत्किँदा एउटा भैँसी मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गोठमा रहेका ५ वटा बाख्रा र १ वटा पाडी भने जिवितै उद्दार गरिएको छ । यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update