रामपुरलाई व्यवस्थित शहर निर्माणका लागि सम्भाव्यता अध्ययन
मंगलबार, साउन २३, २०८०
घर, टहरा भत्काइएको क्षेत्र बन्यो पार्किङ्ग स्थल
सोमबार, साउन २२, २०८०
तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार क्षेत्र वरपरका घर, टहरा भत्काएपछि बनेको पार्किङ्ग स्थल । नगर सरकारले तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले वैशाख ६ गते यहाँका ५७ घर, टहरा भत्काएको थियो ।
खरको छानो फाल्दै जस्ता : खुसी छन् रामपुरवासी आनन्दले बस्दा
बुधबार, साउन १७, २०८०
पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भएपनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै चिन्ताले धेरै रात निदाउन पाइनन् । खरले छाएको छानो पानी परेपछि चुहिहाल्ने, हावाहुरी आउँदा...
रामपुरका थप ८७ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण
मंगलबार, साउन १६, २०८०
राष्ट्रिय भूमि आयोग पाल्पाले रामपुरका थप ८७ जना अव्यवस्थित जग्गाधनीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । ५० वर्ष अघि देखिको अव्यवस्थित बसोबासीको समस्या रहेको रामपुरमा तेस्रो चरणमा सोमबार पूर्जा वितरण गरेको हो ।
रामपुरमा व्यवसायिक फर्मको अनुगमन, अधिकांस पसल नविकरण नगरी सञ्चालन
सोमबार, साउन १५, २०८०
जिल्लाको रामपुरमा व्यवसायिक फर्मको अनुगमन गरिएको छ । रामपुर नगर सरकारले व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले अनुगमन गरेको हो । नगर सरकारले मुख्य बजार बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ ।
नर्सरी रामपुर नगर सरकारलाई हस्तान्तरण
बुधबार, साउन १०, २०८०
जिल्लाको रामपुर नगर सरकारलाई विरुवासहितको नर्सरी हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय पाल्पाले विरुवासहितको नर्सरी नगर सरकारलाई हस्तान्तरण गरेको हो ।
रेसुङ्गाका मासु व्यवसायीलाई नगर सरकारले दियो सामग्री
सोमबार, साउन ८, २०८०
जिल्लाको रेसुङगा नगर सरकारले नगर भित्र रहेका मासु व्यवसायीलाई आवश्यक सामग्री दिएको छ । नगरपालिका भित्रका १२ जना मासु व्यबसायीलाई सोमबार एक कार्यक्रमकाबिच मासु व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने दाउ,गलव्स र एप्रोन लगाएतका सामग्री दिएको हो ।
माथागढीका कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिनेमाथि कारवाहीको माग
बुधबार, साउन ३, २०८०
जिल्लाको माथागढी गाउँपालिकामा कार्यरत केही कर्मचारीलाई दुर्व्यवहार र ज्यान मार्ने धम्की दिएको विषयमा स्थानीय तह आर्थिक प्रशासन शाखामा कार्यरत कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले एक विज्ञप्ति निकाल्दै पालिकाको काममा अहोरात्र खटिएकै अवस्थामा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा लेखापाल कर्मचारीमाथि गत असार २७ गते भएको दुर्व्यवहार र...
तिनाउ गाउँ सरकारको खर्च : वित्तिय प्रगति ८७ प्रतिशत
शनिबार, असार ३०, २०८०
जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/८० मा करिब ८७ प्रतिशत वित्तिय प्रगती गरेको छ । गाउँपालिकाले चालुतर्फ तर्फ ८६.९२ प्रतिशत पुँजीगततर्फ ८६. ८२ प्रतिशत रकम खर्च गरेको हो ।
तानसेनलाई काकाकुल बनाउँनेहरु फेरि सलबलाउँदै !
शनिबार, असार ३०, २०८०
तानसेनवासी निकै सोझा र अनुशासित छन् । महिनौ घरका धारामा पानी नआउँदा पनि विरोध गर्दैनन् । बरु ग्यालेन र गाँग्रो बोकेर धारा, कुवा र पँधेरा धाउँछन् । त्यति मात्र होइन उनीहरु नियमित खानेपानी महशुल खुरुक्क तिर्छन् । खानेपानीको जिम्मा पाएको निकाय नै गैरजिम्मेवार बन्दा यहाँका नागरिकले वर्षौदेखि खानेपानीको समस्या भोग्नुपरेको...
माथागढीमा भुक्तानी लफडा : कर्मचारी माथि दाउरा प्रहारको प्रयास, मागे सुरक्षा, जनप्रतिनिधी समेत संलग्न रहेको आरोप
शुक्रबार, असार २९, २०८०
पाल्पाको माथागढी गाउँपालिकामा केही योजनाहरुको भूक्तानीको विषयलाई लिएर कर्मचारी माथि अभद्र व्यवहार भएको पाइएको छ । गत बुधबार केही उपभोक्ताहरुले योजनाहरुको भुक्तानी नदिएको भन्दै पालिकाको लेखा शाखामा कार्यरत कर्मचारी, प्राविधिक इन्जिनियर माथि अभद्र व्यवहार गरेको पाइएको हो ।
कर्मचारीलाई बन्दी बनाउँने प्रयासको सर्वत्र विरोध (घटनाको प्रत्यक्ष भिडियो सहित )
बिहीबार, असार २८, २०८०
माथागढी गाउँपालिकामा कतिपय योजना भूक्तानीको विषयलाई लिएर जनप्रतिनिधी समेतको सहभागितामा कर्मचारी माथि अभद्र व्यवहार गरिएको खुलासा भएको छ । पिडित कर्मचारीले आफुहरुलाई वन्धक बनाएर चिरुवा दाउँराले प्रहार गरेको आरोप लगाएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । घटना अहिले देशभरमै चर्चित भई रहेको छ भने माथागढी अहिले तातेको छ ।
रामपुर नगर सरकारको योजना : कालीगण्डकी नदी किनारमा पैदलमार्ग
मंगलबार, असार २६, २०८०
विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ । शालग्रामी र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको छ ।

