Shittalpati
पाल्पा र गुल्मीका उपप्रमुख, उपाध्यक्षहरुबिच अन्तर्क्रिया

पाल्पा, पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुबिच  पाल्पाको रामपुरमा अन्तर्क्रिया भएको छ । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेश र रामपुर नगरपालिकाको आयोजना, सुशासनका लागि क्षमता विकास कार्यक्रमको प्राविधिक सहयोगमा ‘अभ्यास समूह’ अन्तर्क्रिया भएको हो ।

कार्यक्रममा सुशासन, बार्षिक योजना तथा बजेट निर्माण, बजेट तथा योजना तर्जुमाका आधार, योजना तर्जुमा प्रक्रिया, स्रोत परिचालन लगाएतका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्थानीय तहमा पालिकाको प्रमुख वा अध्यक्षको भन्दा उपप्रमुख र उपाध्यक्षको महत्वपूर्ण जिम्मेवारी हुने गरेको बताए । उनले न्याय सम्पादन, योजना तथा उपभोक्ता समितिको अनुगमन, बजेट निर्माण, राजश्व परामर्श समिति लगायतका अधिकांस क्षेत्र हेर्ने जिम्मेवारी उपप्रमुख वा उपाध्यक्षको भएकाले पनि पालिकामा सुशान कायम गर्न उनीहरुको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । नगर प्रमुख थापाले कार्य सम्पादनको महत्वपूर्ण अंक सुशासन भएको भन्दै यसका लागि कार्यान्वयन आवश्यक रहेको औल्याए ।

 रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले पाल्पा र गुल्मीका स्थानीय तहले असल अभ्यास आदान–प्रदानका लागि गरेको यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको  बताइन् । आवश्यकता अनुसारको कार्यक्रमले कार्य सम्पादन र पालिकाको सुशासनमा सघाउ पुगेको उनले विश्वास व्यक्त गरिन् । कार्यक्रमको सहजीकरण प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठानका क्षमता विकास विज्ञ बलराम शर्मा र सुशासनका लागि क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक निराजन सुवेदीले  गरेका थिए । एक पालिका एक विषय माथि छलफल सहित अन्तक्र्रिया गर्दै आएको सुशासनका लागि क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक सुवेदीले बताए । कार्यक्रममा पाल्पा र गुल्मीका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता रहेको थियो । रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाको अध्यक्षता, प्रवक्ता कपिलबहादुर खाँणको स्वागत, क्षमता विकास कार्यक्रमका प्रदेश संयोजक निराजन सुवेदीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update