Shittalpati
श्रीनगर यातायातको निर्वाचन परिणाम सार्वजनिक, अध्यक्षमा पुनः ढुंगाना

पाल्पा,  श्रीनगर यातायात सेवा कम्पनी प्रालिले सञ्चालक तथा सदस्य पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आइतबार भएको कम्पनीको दोस्रो अधिवेशनबाट निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार तोकिएको समयभित्र उम्मेदवारीविरुद्ध कुनै पनि उजुरी वा विरोध नपरेकाले सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

सार्वजनिक नतिजाअनुसार सञ्चालक पदमा दिलबहादुर ढुंगाना, बासुदेव खड्का, दीपक कुमार श्रेष्ठ, किरण कुमार चित्रकार, टोपराज बराल, सुनिल केसी, लक्ष्मण पाण्डे, ईश्वरीप्रसाद श्रेष्ठ र मिलन पुकार बस्नेत निर्वाचित भएका छन् ।  त्यसैगरी संयोजक पदमा यमलाल श्रेष्ठ, शर्मा प्रसाद श्रेष्ठ, विष्णु बहादुर ढुंगाना, थानेश्वर पाठक, धु्रर्व सिं खड्का, मञ्जुल खड्का, भोजबहादुर राना र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन् । रुट सदस्यतर्फ बताँसे उत्तर–पश्चिम क्षेत्रबाट रामबहादुर कार्की, आर्यभञ्ज्याङ् पूर्व–दक्षिण क्षेत्रबाट हिमनारायण श्रेष्ठ, बास्टाँरी दक्षिणपूर्व क्षेत्रबाट नविन पराजुली,चिलाङ्दी दक्षिणपूर्व क्षेत्रका हरि बस्याल, तथा केन्द्रबाट दीपक न्यौपाने निर्वाचित भएका छन् ।

केही आरक्षित पदमा भने मनोनयन दर्ता नभएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार कम्पनीको निर्वाचन कार्यविधिअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।  सञ्चालक समितिबाट निर्वाचित भएको समितिले अध्यक्षमा पुनः दिलबहादुर ढुंगानालाई चयन गरेको छ । 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update