Shittalpati
तिनाउमा अवैध ढुंगा निकासी गर्ने टिपर र जेसिबी प्रहरी नियन्त्रणमा

पाल्पा,  अवैध रुपमा ढुंगा निकासी गर्ने दुुई  टिपर  र दुई जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३,  हेडबक्स नाग मन्दिर नजिकै सिद्दार्थ राजमार्गमा अवैध रुपमा ढुङ्गा  निकासी गर्दै गरेको अवस्थामा टिपर र जेसिबीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार बा.प्र.०१–००३ प ९१९४, प्रदेश ३ ०१–०३ क ६७७७ नम्वरको जेसिबी र लु २ ख ३६६२ ,लु २ ख ३९६४ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेसिबिको प्रयोग गरी अवैध रुपमा ढुङ्गा उत्खन्न भईरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट प्रहरी नायव निरीक्षक सहितको प्रहरी टोली खटि टिपर र जेसिबीलाई नियन्त्रणमा लिइएको हो । टिपर र जेसिबीलाई नियन्त्रणमा लिई गाउँपालिकामा बुझाइएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । 


 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update