Shittalpati
पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन

पाल्पा,  पाल्पामा स्थानीय तह कर्मचारी मञ्च गठन भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा सेवारत कर्मचारीहरुको तानसेनमा भएको भेलाले कर्मचारी मञ्च गठन गरेको हो । 
  भेलाले तानसेन नगरपालिकाका शिव शर्माको संयोजकत्वमा ११ सदस्यीय मञ्च गठन गरेको छ । जसको सह– संयोजकत्वमा सरोज काफ्ले (निस्दी), सचिवमा विकल काफ्ले (रामपुर), कोषाध्यक्षमा शर्मिला न्यौपाने (बगनासकाली), सह सचिवमा काशिनाथ आचार्य(रिब्दीकोट) रहेका छन् । यस्तै मञ्चको सदस्यमा किशोर खानाल (रैनादेवी छहरा), कमल श्रीस (रिब्दीकोट), विशाल ओली( तानसेन), नारायण तिमिल्सीना(बगनासकाली), प्रमोद भट्टराई(माथागढी), तिलक जिसी(तिनाउ), धनीकला थापा(रम्भा), विक्रम बस्नेत (रामपुर), शर्मीला चौधरी (पूर्वखोला) विमला आचार्य (निस्दी) रहेको  बगनासकाली गाउँपालिकाका नारायण तिमिल्सीनाले जानकारी दिए । 

यस्तै भेलाले मञ्चको सल्लाहकार संयोजकमा विनोद नेपाल, सल्लाहकार सदस्यहरुमा अर्जुन खनाल, सुजन घिमिरे, शिव आत्रेय, कोपीला न्यौपाने र हरी प्रसाद पराजुलीलाई चयन गरेको छ । नवगठित मञ्चले सबै स्थानीय तहमा पालिका स्तरीय मञ्च गठन गर्ने, स्थानीय तहमा कर्मचारीहरुको सरुवा, बढुवा, स्तर वृद्धि लगायतका विषयमा काठमाडौंमा भइरहेको आन्दोलनमा एकयवद्धता जनाउने, कर्मचारीहरुका समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाउने, कर्मचारीहरुको वृद्धि विकासमा योगदान पु र्‍याउने जस्ता कामहरु गर्ने बताइएको छ ।  

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update