जनप्रतिनिधि र कर्मचारीका लागि सञ्चालित कार्यशाला सकियो
सोमबार, चैत १३, २०७९

पाल्पाको बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते
बुधबार, चैत १, २०७९
पाल्पाको बगनासकाली गाउँपालिका– ८ बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् । बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा ग्यास सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी हुन् ।

रामपुरमा डिजिटल परिचय पत्र वितरण
आइतबार, फागुन २८, २०७९
जिल्लाको रामपुरमा डिजिटल प्रविधिमार्फत परिचय पत्र वितरण गर्न थालिएको छ । रामपुर नगरपालिकाले जिल्ला मै पहिलो पटक डिजिटल प्रविधिको प्रयोग गरी परिचयपत्र वितरण थालेको हो । नगरपालिकाले जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुका लागि डिजिटल परिचय पत्र वितरण गरेको छ ।

तानसेनमा व्यवस्थित खुला मैदानको अभाव
बिहीबार, फागुन २५, २०७९
जिल्लाको सदरमुकाम तानसेन बजारमा खुला मैदानको अभाव रहेको छ । यहाँ व्यस्थित मैदान छैनन् भने भएको एक मात्र टुँडिखेल मैदान पनि मर्मत सम्भारको क्रममा रहेको छ । यहाँ पर्याप्त खुला मैदान नहुँदा खेलकुदका गतिविधिदेखि मेला महोत्सव हुन सकेका छैनन् भने भए पनि बाहिर गएर गर्नुपर्ने बाध्यता रहेको छ ।

रामपुरमा पन्ध्र शैयाको आयुर्वेद अस्पताल
सोमबार, फागुन २२, २०७९
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।

रैनादेवी छहरामा १७ वर्षीय बालकको खोलामा डुवेर मृत्युु
शनिबार, फागुन २०, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा खोलामा डुवेर १७ वर्षीय बालकको मृत्युु भएको छ । रैनादेवी छहरा –७ जोगदमारका धनबहादुर रानाको १७ वर्षीय छोरा भीमबहादुर रानाको पौडी खेल्ने क्रममा डुुवेर मृत्युु भएको हो ।

रामपुरमा प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखिकरण
बिहीबार, फागुन १८, २०७९
जिल्लाको रामपुर नगरपालिकामा रामपुर प्रधानमन्त्री रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर सरकारको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

रैनादेवी छहरा सरकारको बजेट खर्च ३६ प्रतिशत
बिहीबार, फागुन १८, २०७९
रैनादेवी छहरा गाउँ सरकारको चालु आर्थिक वर्षको ७ महिनामा ३६ प्रतिशत बजेट मात्रै खर्च भएको छ । माघ मसान्तसम्म गाउँ सरकारको कुल विनियोजित बजेटको ३६ प्रतिशत मात्रै बजेट खर्च भएको हो । चालु आर्थिक वर्षमा ६८ करोड ९ लाख २५ हजार विनियोजन गरेकोमा गाउँ सरकारले बितेको सात महिनासम्म मुस्किलले कुल...

रम्भा गाउँ सरकारको सार्वजनिक सुनुवाई
शनिबार, फागुन १३, २०७९
जिल्लाको रम्भा गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले सहयात्रा विकास केन्द्र नेपालको सहजीकरणमा आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरेको हो ।

तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता
बुधबार, फागुन १०, २०७९
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा पानी नआएपछि उनीहरु आन्दोलित भएका हुन् । उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि बुुधबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् । टोल –टोलबाट स्थानीय उपभोक्ताहरु तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् ।...

बल्ल बन्ने भयो सिद्धबाबामा सुरूङमार्ग
बुधबार, फागुन १०, २०७९
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरोका कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता छ । अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष दोहोरिने गरेको छ ।...