Shittalpati
रेसुङ्गामा नागरिकसंग मेयर कार्यक्रम

गुल्मी, रेसुङ्गा नगरपालिकाले ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने नाराका साथ दोश्रो चौमासिक अवधिमा नागरिकसंग मेयर कार्यक्रमको आइतबारदेखि शुरु गरेको छ । सार्वजनिक सुनुवाई सहित नागरिकका गुनासो अनि प्रतिक्रियाका आधारमा भावी योजना निर्माणमा यो कार्यक्रम कोशेढुंगा सावित हुने धारणा नगर प्रमुख खिलध्वज पन्थीको छ ।

कार्यक्रम “नागरिकसंग मेयर’, संगसंगै स्वास्थ्य, कृषि, पशु, पञ्जिकरण सहित अन्य विविध अन्तर्गत एकीकृत घुम्तीशिविर कार्यक्रमले गर्दा आफुहरुमा उत्साह बढेको स्थानीय वासिन्दाहरुले खुसी व्यक्त गरेका छन् । लोकतन्त्रको सुन्दर पक्ष जहाँ आवाज विहीनहरुका आवाजलाई प्रतिविम्वित हुने गरी यो कार्यक्रम सुरुवात गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

स्थानीय रेसुङ्गा सरकारद्वारा प्रदान गरिएका सेवाप्रवाह, विकास निर्माण, सुशासन लगायतका विविध पक्षमा आम नागरिकको प्रतिक्रिया बुझ्न र सो कार्यक्रमबाट भावी योजना निर्माणमा समेत सहयोग पुग्ने आशा र विश्वासका साथ यो कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रवक्ता रामप्रसाद पन्थी (राम्जी)ले जानकारी दिए । रेसुङ्गा नगरपालिका वडा ४ मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुबाट सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन पछि कार्यान्वयनमा सहयोग पुग्ने आशा गरिएको रेनपाकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए । नगर प्रखुख पन्थीले भने ‘तपाईंहरुको पक्षमा काम गर्न हामी सधैं प्रतिबद्ध तथा क्रियाशिल छौँ । आम नगरवासीका सल्लाह, सुझाव तथा प्रतिक्रियाहरु हाम्रो लागि अमृततुल्य छन्, त्यसकारणले यो कार्यक्रम आफैमा प्रभावकारी भएको दावी छ ।’

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update