Shittalpati
पाल्पामा भरुवा बन्दुकसहित चार जना पक्राउ

पाल्पा, पाल्पामा अवैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका ७ पहेलाघाटमा अस्थायी प्रहरी पोष्ट बलेवासबाट खटिएको प्रहरी टोलीले अवैध भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको हो ।

 प्रहरीले रैनादेवी छहरा गाउँपालिका ८ ईटियाका ५६ बर्षिय विनोद थापा, रुपन्देही सैनामैना नगरपालिका ५ का ३१ वर्षिय सन्तोष राना, रुपन्देही सैनामैना नगरपालिका १० का ४१ वर्षिय सुकई थारु र रैनादेवी छहरा गाउँपालिका ७ धावाका २४ वर्षिय बुद्धबहादुर भन्ने रमेश कुमाललाई एकनाले भरुवा बन्दुक र छर्रा बारुद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रहरीको गस्ती टोलीले थापा, राना र थारुलाई शंका लागि चेकजाँच गर्ने क्रममा सुकई थारुको साथबाट भरुवा बन्दुुकमा प्रयोग हुने छर्रा र बारुद फेला पारी सोधपुछको क्रममा बुद्धबहादुर भन्ने रमेश कुमालको घरमा भरुवा बन्दुक रहेको भनी खुल्न आएको र निजको घरमा खानतलासी गर्दा एकनाले भरुवा फेला पारेको थियो । उनीहरुलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update