रायमाझी कूलदेवता समिति तानसेनले मनायो १९ औं साधारण सभा
शुक्रबार, पुस १५, २०७९

रामपुरमा जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण
शुक्रबार, पुस १५, २०७९
जिल्लाको रामपुरमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई एक दिने अनुशिक्षण गराइएको छ । जिल्ला समन्वय समिति पाल्पाले रामपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई वित्तीय सुशासन जोखिम मूल्याड्ढन सम्बन्धी अनुशिक्षण गराएको हो ।

नेपाली सेनाको प्रवक्तामा पाल्पाका भण्डारी
बुधबार, पुस १३, २०७९
पाल्पाका कृष्णप्रसाद भण्डारी नेपाली सेनाको प्रवक्ता तोकिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोका सहायकरथी भण्डारीले बुधबार नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् । उनले सूचना तथा जनसम्पर्क निर्देशनालयमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता
शुक्रबार, पुस ८, २०७९
पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारैविस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् ।

तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया
शुक्रबार, पुस ८, २०७९
जिल्लाको तानसेनमा मानव अधिकारका विषयमा अन्तक्र्रिया भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा वर्ष पुस्तक २०२३ पूर्व वार्षिक समीक्षा तथा मानवअधिकारका विषयमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।

जनप्रतिनिधि फेरिए, नीति तथा कार्यक्रम फेरिएनन्
मंगलबार, पुस ५, २०७९
पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांशले पुरानै नीति र कार्यक्रमलाई निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायःनीति तथा कार्यक्रम चाहीं पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि,...

रूपन्देहीका उपमेयर र उपाध्यक्षहरू पाल्पामा, न्याय सम्पादनका लागि तालिम लिदैं
शनिबार, पुस २, २०७९
रुपन्देहीका स्थानीय तहका उपमेयर र उपाध्यक्षहरु पाल्पामा भेला भएका छन् । न्याय सम्पादन प्रक्रिया तथा स्थानीय तहको भूमिकाका विषयमा तालिम लिन उनीहरु पाल्पाको तानसेनमा आएका हुन् । तानसेनमा शुक्रबारदेखि स्थानीय तहका उपमेयर र उपाध्यक्षहरुमा न्याय क्षेत्रको नेतृत्व विकास तथा सशक्तीकरणका लागि तालिम सञ्चालन भएको छ । उक्त तालिम आइतबारसम्म सञ्चालन...

गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो
मंगलबार, मंसिर २०, २०७९
जिल्लाका सरोकारवालाहरुले विकास निर्माणप्रति चासो देखाएका छन् । उनीहरुले निर्माण व्यवसायीहरुको कारण विकास निमार्णका कामले गति लिन नसकेको भन्दै ढिलाई नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
पाल्पामा आइपुगे निर्वाचन सामग्री, मतदान केन्द्र पठाउने तयारी
शनिबार, कात्तिक १९, २०७९
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पाल्पाका लागि आवश्यक निर्वाचन सामग्री जिल्ला आइपुगेको छ । दुुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा प्रत्यक्ष तर्फको मतपत्र बाहेक सबै किसिमका निर्वाचन सामग्रीहरु आइपुगेको हो ।

रामपुरमा नगर सरकारको एक्सन, सडकमा राखिएका निर्माण सामग्री हटाउँदै
शनिबार, कात्तिक ५, २०७९
रामपुरमा नगर सरकारले सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन थालेको छ । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर सरकार आफैले डोजर, ट्रक र ट्याक्टर लगाएर हटाउन थालेको हो ।

करेन्ट लागेर एक व्यक्तिको मृत्यु
मंगलबार, भदौ २१, २०७९
तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।

बगनासकाली सरकारका सय दिन : उपलब्धि के ?
शनिबार, भदौ १८, २०७९
स्थानीय तहको दोस्रो निर्वाचनपछि गठन भएको वर्तमान पाल्पाको बगनासकाली गाउँ सरकारले आफ्नो कार्यकालको सय दिन पुरा गरेको छ । सरस्वती चिदी नेतृत्वको बगनासकाली गाउँ सरकारले कार्यकालको सय दिन पुरा गरेको हो । चिदी नेतृत्वको गाउँ सरकारले कार्यकाल सुरुभएपछि भए गरेका आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।

नेपाल बन्दको प्रभाव पाल्पासहित देशभर
मंगलबार, भदौ ७, २०७९
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दको प्रभाव पाल्पासहित देशैभर परेको छ ।