Shittalpati
यशोदा फुड्सले पाल्पामा गर्यो तीज गीत प्रतियोगिता
pancha kanya steel

तानसेन, कैलाशनगरको माछापुच्छ्रे टोल संस्थाको आयोजना र यशोदा फुड्स प्रालिको प्रयोजनमा तीज गीतमा नाच प्रतियोगिता एवं सम्मान कार्यक्रम शनिबार आयोजना भएको हो । 
    इन्द्रा भट्टराईको सभापतित्व र कम्पनीका आरएसएम माधव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका प्रमुख आचार्यले, नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्दै, सामाजिक दायित्व अन्तर्गत कम्पनीले कार्यक्रमलाई सहयोग गरेको बताए ।  कार्यक्रममा कम्पनीका एएसएम प्रदीप अर्याल, कम्पनीको तर्फबाट पाल्पा जिल्लाका लागि आधिकारिक विक्रेता गोविन्द गुप्ता, कम्पनीका अर्का विक्रेता श्रृजना सप्लायर्सका प्रोप्रपराईटर एवं टोल संस्थाका सल्लाहकार झवि खराल, अर्का सल्लाहकार विरेन्द्र हमाल, टोलसंस्थाकी कोषाध्यक्ष भारती हमाल आदीले शुभकामना दिए । कार्यक्रमको सञ्चालन स्थानीय महिला नेतृ मालती पौडेलले गरेकी हुन । प्रतियातात्मक रुपमा सञ्चालन गरिएको तीजगीत प्रतियोगिताका विजेता तथा उपविजेतालाई सम्पन्न गरियो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update