Shittalpati
बगनासकाली गिट्टी–बालुवा प्रकरण :  प्रहरीले यातना दिएको स्थानीयको आरोप 

पाल्पा,जिल्लाको बगनासकाली गाउँपालिकामा भएको अवैध गिट्टी–बालुवा प्रकरणमा स्थानीयहरुले रोयल्टी तिरेर ल्याएको बताउँदै आए पनि प्रहरीको निगरानीमा जवरजस्ती कागज  गराउन खोजेको पीडित स्थानीयको गुनासो छ । केही महिनादेखि बगनासकाली – ६ यम्घाका वडा अध्यक्ष लक्ष्मी अधिकारीमाथि अवैध गिट्टी बालुवा निकासी गरी डम्पिङ्ग गरेर राखेको भन्ने आरोप स्वयम अधिकारी सदस्य रहेको कार्यपालिकाले जरिवाना गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो ।

स्थानीय बोटेहरुले गिट्टी बालुवा आफुहरुले रोयल्टी तिरेर ल्याएको दावा गर्दै आए पनि पालिकाले  भने वडा अध्यक्ष अधिकारीले  नै गरेको भन्दै आएको छ । सोही विषयमा थप सोधपुछ गर्न पालिकाले स्थानीय बोटेहरुलाई शुक्रबार पालिका भवनमा बोलाएर बयान लिर्दै गर्दा प्रहरी समेत राखेर जवरजस्ती स्वीकार गराउन खोजिएको विषयलाई लिएर अहिले जिल्लामा ठूलो वहस सुुरु भएको छ । बयानको क्रममा जनप्रतिनिधिमूलक निकायबाटै न्यायिक समाधान खोजिनुपर्नेमा प्रहरीले पालिकाको अनुकूलतामा बयान दिन लगाउनु मानव अधिकारको ठाडो उल्लघंन भएको स्थानीयको आरोप छ ।     

प्रहरीको उपस्थितिमा कोठामा धुनेर, जवरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको तर आफुहरुले नपढीकन नगर्ने  भनेको पीडित दलबहादुर बोटेको भनाई छ । अर्का पीडित प्रकाश बोटेले प्रहरीले आफुहरुलाई पानी समेत खाना नदिई केरकार गरेको गुनासो गरे । न्याय र सुरक्षा दिने नेपाल प्रहरीले नै न्याय माग्दै गरेका पीडितलाई थप पीडा दिएको भन्ने आरोपका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मासँग जिज्ञासा राख्दा, त्यहाँ होहल्ला नहोस् भन्ने सोंचका साथ हामीले टाढैबाट निगरानी गर्नु भनेका थियौं, तर प्रहरीले बयान लिएको होइन भने ।

भिडियो पनि हेर्नुहोस् 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update