Shittalpati
रैनादेवी गाउँ सरकारको आम्दानीमा सुधार, एक वर्षमा एक करोड 

पाल्पा, अधिकास स्थानीय सरकारहरुको आन्तरिक आम्दानी कमजोर बन्दै गएका बेला पाल्पाको रैनादेवी छहरा गाउँ सरकारले भने केही सुधार गरेको छ । उसले गत वर्षहरुको तुलनामा आन्तरिक आम्दानीलाई सुधार गर्दै गएको देखिन्छ । गत आर्थिक वर्ष २०७८/०७९ मा ६९ लाख ६५ हजार आन्तरिक आम्दानी गरेको पालिकाले आर्थिक वर्ष २०७९/०८० मा भने १ करोड ११ लाख ४७ हजार राजश्व संकलन गरेको छ ।

पालिकाले अघिल्लो आर्थिक बर्ष भन्दा ४१ लाख ८१ हजार आम्दानी गरेको हो । यो  ६० दशमलव ०३ प्रतिशत बढी हो । स्थानीय सरकारहरु परनिर्भर बन्दै गएको आलोचना खेप्दै गएका बेला रैनादेवी गाउँ सरकारले भने हरेक वर्ष आफ्नो आम्दानीलाई वृद्धि गर्दै लगेको छ । पालिका पदाधिकारीहरुले आन्तरिक आम्दानी बढाउन खेलेको भूूमिका, राजश्व परामर्श समितिको नियमित सक्रियता, अनुगमनको काममा व्यवस्थित, व्यवसायीहरुको लगत संकलन गरी करको दायरा फराकिलो, कवाडी करलाई ठेक्का प्रणालीमार्फत सञ्चालन, निकासी कर घरबहाल कर लगायतका कार्यहरुमार्फत  आन्तरिक आम्दानीमा वृद्धि गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए । उनले ‘भने राज्यले दिने हरेक किसिमका योजनाका रकम कटौती गरिरहेको समयमा हामीले भने आन्तरिक आम्दानी बढाउन निकै मिहेनत गर्यौ र मिहेनत अनुसारको रकम बढाउन पनि सफल भएका छौं ।’ यही सफलतालाई आत्मसाथ गर्दै चालु आर्थिक बर्षमा पनि आम्दानी थप बढाउने लक्ष्य लिएको अध्यक्ष भट्टराईले बताए । वडागत रुपमा विश्लेषण गर्दा ३ नंं वडा कार्यालय भुवनपोखरीले सबैभन्दा बढी ८ लाख ७४ हजार ८ सय ५३ राजश्व संकलन गरेको छ भने सबै भन्दा कम १ नं. वडा कार्यालय सिद्धेश्वरले २ लाख ३९ हजार ५ सय ७८ राजश्व संकलन गरेको छ । वडागत रुपमा वडा नंं. २ सोमादीले ७ लाख ५० हजार ४ सय ५९, वडा नं ४ छहराले ८ लाख ६४ हजार ४ सय ५, वडा न. ५ मुझुङले ६ लाख ५३ हजार ७ सय ५९, वडा नंं. ६ जुठापौवाले ४ लाख ५२ हजार २७ , वडा नं ७ बल्ढेगढीले ५ लाख ८५ हजार ४ सय ६ , वडा नंं. ७ सत्यवतीले ५ लाख २ हजार ९ सय ९४ , पालिका कार्यालयबाट २० लाख ४ हजार ८ सय ३१  र बैकबाट ४२ लाख १८ हजार ७ सय राजश्व संकलन भएको पालिका उपाध्यक्ष युवराज थापाले बताए । पालिकाले विभिन्न १६ वटा शिर्षकमा राजश्व संकलन गरेको छ । 

सबैभन्दा बढी रोयल्टीबाट ३१ लाख ४६ हजार २ सय ९ राजश्व संकलन गरेको छ भने वातावरण शुल्कबाट १८ लाख  राजश्व उठाएको छ । यसैगरी निकासी करबाट १३ लाख ३७ हजार ६ सय ४१, सिफारिस दस्तुरबाट १२ लाख ४४ हजार ९ सय ३५, भुमिकर मालपोतबाट ६ लाख ५७ हजार ७ सय ४२, व्यवसायकरबाट ५ लाख ९७ हजार ६ सय १९, व्यक्तिगत घटनादर्ताबाट ५ लाख ९ हजार ४५ राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिए ।

यस्तै पालिकाले गएको चालु आ.व.मा दण्डजरिवानाबाट ५५ हजार ७ सय ३९, विविधबाट ८१ हजार ५ सय १६, बेरुजु असुलीबाट ४ लाख ४६ हजार ८ सय ४९, कवाडीकरबाट १ लाख ५१ हजार १ सय, अन्यदस्तुरबाट १ लाख ५६ हजार १ सय ४८, नाताप्रमाणितबाट ९३ हजार २ सय ५०, बहाल विरौटा करबाट १० हजार ४ सय ५०, घर बहाल कर वापत ३ लाख १५ हजार २ सय १८  र सम्पत्तीकर वापत ४ लाख ६२ हजार ६ सय ५८ संकलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ९० लाख  आन्तरीक आम्दानी गर्ने लक्ष्य लिए पनि कर संकलनको दायरा फराकिलो बनाउदै लगिएको, घरबहाल करमा व्यवसायीहरुलाई पनि समेट्दै जाने, सामुदायिक बनको आम्दानी बढाउने गरी काम भईरहेको गाउँपालिकाका राजश्व शाखा प्रमुख हरि प्रसाद पराजुलीले बताए । यस वर्ष खोलाको ढु·ा गिट्टी तथा वालुवा उत्खनन्का लागि वातावरणीय मूल्याङ्कन परीक्षणको तयारी भईरहेको राजश्व शाखा प्रमुख पराजुलीले बताए । गाउँपालिकाले प्रत्येक बर्ष राजश्व संकलन कार्य बढाउदै लगेको, दायराहरु बढाउँदै जाने, राजश्व संकलनलाई पारदर्शी तथा व्यस्थित गरिदै लगिएको पालिकाका सूचना अधिकारी नारायण मल्लले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update