Shittalpati
पाल्पामा आठ हजार भन्दा बढी मत बदर
पाल्पामा आठ हजार भन्दा बढी मत बदर प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्ष र समानुपातिक तर्फ बदर मत आठ हजार पाँच सय ४१ रहेको  हो ।
समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो
समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो पाल्पामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । रास्वपाको घण्टी चिन्हमा ५० हजार ४ सय ५२ मत खसेको छ । सोमबार बिहान अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले उक्त मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ...
नेकपा एमाले पाल्पाद्वारा आचार्यको घरमा शोकसभा
नेकपा एमाले पाल्पाद्वारा आचार्यको घरमा शोकसभा नेकपा एमाले पाल्पाले केन्द्रीय सदस्य नारायण प्रसाद आचार्यको घरमा शोकसभा गरेको छ । आचार्यका बुवा ९३ बर्षीय दिल्ली प्रसाद आचार्यको यही फागुन १७ गते निधन भएको दुःखद घडीमा घरमै पुगी एमालेले शोकसभा आयोजना गरेको हो ।
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत पाल्पामा २४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ बाट १४ जना उम्मेदवार मध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाउन सफल भएका हुन् ।
निर्वाचन स्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू
निर्वाचन स्थलमा खटिए पाल्पाका मतदान अधिकृतहरू यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाल्पामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आवश्यक सामग्रीसहित  कर्मचारीहरू सम्बन्धित मतदान केन्द्रतर्फ लागेका हुन् ।
पाल्पामा मतदान अधिकृतलाई तालिम
पाल्पामा मतदान अधिकृतलाई तालिम मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीहरुलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । जिल्लाका १० वटै पालिकामा खटिने कर्मचारीलाई तालिम प्रदान गरेर केन्द्रमा पठाउने तयारी भएको हो ।
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
काँग्रेस पाल्पाको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण योजना 
काँग्रेस पाल्पाको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण योजना  नेपाली काँग्रेस पाल्पाले  जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार नेपाली काँग्रेसले तानसेनको शितलपाटीमा पत्रकार सम्मेलन गरी चुनावी संकल्प स्वरुप घोषणा पत्र सार्वजनिक गरेको हो । 
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले पूर्वी पाल्पामा  एउटै पार्टीको नेतृत्व रहँदा पनि माटो र जनजीवन सुहाउँदो विकास हुन नसकेको आरोप लगाएका छन् ।
‘स्वच्छ र  निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’ 
‘स्वच्छ र  निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’  पाल्पाकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवँरले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय पाल्पाले  आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसारका लागि पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन...
Weather Update