Shittalpati
पाल्पामा दुई पदका लागि ३० जना चुनावी मैदानमा
पाल्पामा दुई पदका लागि ३० जना चुनावी मैदानमा दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा ३० जनाको उम्मेदवारी परेको छ । दुई पदका लागि  आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाबाट सात स्वतन्त्रसहित ३० जना चुनावी मैदानमा उत्रिएका छन् । 
पाल्पाका दुई  क्षेत्रमा ३० उम्मेदवार, ७ स्वतन्त्रले पनि दिए उम्मेदवारी
पाल्पाका दुई  क्षेत्रमा ३० उम्मेदवार, ७ स्वतन्त्रले पनि दिए उम्मेदवारी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पाका दुई वटा निर्वाचन क्षेत्रमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार १४ राजनीतिक दल र ७ जना स्वतन्त्र गरी ३० जनाले  उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
पाल्पामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय
पाल्पामा स्थापना गरियो निर्वाचन अधिकृतको कार्यालय यही आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय  स्थापना गरिएको छ ।
पूर्वखोला गाउँपालिकाको सार्वजनिक सूनुवाई  
पूर्वखोला गाउँपालिकाको सार्वजनिक सूनुवाई   जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०८२ को श्रावण देखी पुस १७ गते सम्म कार्यालयले प्रदान गरेको सेवा प्रवाह एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । कार्यालयले प्रथम चौमासिक सार्वजनिक सूनुवाइ मार्फत चालु आर्थिक बर्षको हालसम्म भएका गतिविधीहरु सावजनिक गर्दै जनताका गुनासा, सुझाव, अपेक्षाहरु संकलन गरेको हो । 
घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी !
घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी ! जिल्लाको पूर्वखोला गाउँपालिका –२ जल्पाकी सिता दर्लामीलाई योजना सम्झौता गर्न पालिका जानुपर्ने थियो । तर समय र खर्च बढी लाग्ने भएपछि उनी सम्झौता गर्न जाने जागरमा थिइनन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस
नेपाल पत्रकार महासंघ पाल्पाले मनायो ३४ औं स्थापना दिवस नेपाल पत्रकार महासंघ पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । २०४९ साल पुस १९ गते मेघराज शर्माको सभापतित्वमा २० सदस्यहरुको सहभागितामा स्थापना भएको शाखाले  शनिबार ३४ औं स्थापना दिवस बनाएको हो ।
रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई  
रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महाकालीलाई   जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा भएको  छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि  वडा नं. ४ छहरा मेहालढापको महाकाली माध्यमिक विद्यालयले हात पारेको छ । महाकाली माविले ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी १६ पदक जिती उपाधि चुम्न  सफल भएको हो ।
रैनादेवीमा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु  
रैनादेवीमा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु    जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  विद्यालय भित्र  लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने, विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नैतिक विकास गराउने अभियानका साथ ३ दिने प्रतियोगिता सुरु भएको हो ।
अल्ट्रासाउण्डबाट गाई–भैसीको गर्भ परीक्षणले ठूलो नोक्सानीबाट जोगाउँदै
अल्ट्रासाउण्डबाट गाई–भैसीको गर्भ परीक्षणले ठूलो नोक्सानीबाट जोगाउँदै अल्ट्रासाउण्डबाट गाई– भैसीको गर्भ परीक्षण हुन थालेपछि पशुपालक कृषकहरुको ठूलो आर्थिक क्षति हुनबाट जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भए पछि आर्थिक क्षति हुनबाट जोगिने गरेको हो ।
रैनादेवीको भुवनपोखरीमा सार्वजनिक सुनुवाई
रैनादेवीको भुवनपोखरीमा सार्वजनिक सुनुवाई जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा नं. ३ भुवनपोखरीमा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जनताका गुनासा तथा सुझाव जनताकै घरदैलोमै पुगेर सुन्ने, जवाफ दिने र अवस्था अनुसार तत्कालै  कार्यान्वयन गर्ने, आगामी योजनाको लागी टिपोट गर्ने अभियानका साथ पालिकाले सार्वजनिक कार्यक्रम गरेको हो ।
तानसेनमा फष्टाउँदै ‘होमस्टे व्यवसाय’
तानसेनमा फष्टाउँदै ‘होमस्टे व्यवसाय’ पछिल्लो समय तानसेनमा होमस्टे व्यवसाय (घरवास) फस्टाउँदै गएको छ । जाडो मौसममा प्रशस्त घाम लाग्ने, गर्मी मौसममा हिमालको चिसो हावाले शित्तल बनाउने उपयुक्त मौसम, सबै स्थानमा यातायातको सुविधा, पर्यटकहरुलाई घुमाउने, देखाउने प्रशस्त सौन्दर्य स्थानहरु रहेकोले यहाँको  होमस्टे व्यवसाय फष्टाउँदै गएको हो ।
Weather Update