Shittalpati
पाल्पामा पहिरोको वितण्ड : दुई जनाको मृत्यु , तीन जना वेपत्ता 

पाल्पा, तीन दिनदेखि जारी अविरल वर्षाका कारण पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ  । पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङस्थितकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भिमलाल भट्टराईले बताए । 

मृत्यु हुनेमा रिव्दीकोट गाउँपालिका वडा नं. ६ का ठिमुरे धुस्तुङस्थितमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी सारुको खोजीगर्ने क्रममा शव फेला परेको हो । रुप्से रजौलीका चिदीको पनि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।  
यस्तै माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा आइतबार बिहान गएको पहिरोले एक घर पूर्णरूपमा पुरेको छ । पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा घरभित्र सुतिरहेका तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा ७५ वर्षीय लिलबहादुर घर्ती, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतीलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती रहेका छन् । पहिरोले पुरिएको घरमा बेपत्ताको खोजी तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रिब्दीकोट–६ धुस्तुङस्थित गोलफानमा पहिरोले दुईवटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुंगा–माटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिरोले ढलाएको हो । रामबहादुरको चार सदस्यीय परिवार भने सकुशल रहेको प्रहरीले जनाएको छ । केसुरामको चार सदस्यीय परिवारमध्ये उनकी श्रीमती कृष्णकुमारीको पहिरोमा परी मृत्यु भएको हो । परिवारका अन्य सदस्य सकुशल रहेका छन् । पहिरोले घर पूर्णरूपमा क्षति पुर्‍याए पनि चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ । यस्तै लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा रुख तथा विद्युतका पोल ढलेका छन् ।

यस्तै लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा रुख तथा विद्युत्का पोल ढलेका छन् । विद्युत् सेवा अवरुद्ध भएपछि पाल्पाका अधिकांश स्थानमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि पाल्पाका अधिकांश स्थानमा सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ ।अविरल वर्षाका कारण पाल्पाको प्रमुखअन्न भण्डार मानिने माडीफाँट डुबानमा परेको छ । झडेवा फाँट लगायतका क्षेत्रमा बाढीको पानी पस्दा धानबालीमा व्यापक क्षतिपुगेको छ । अविरल बर्षाको कारण प्रेमको प्रतिक रानीमहल क्षेत्र समेत डुवानमा परेको छ । रानीमहल क्षेत्रमा रहेकादर्जनौ होटल तथा रेष्टुण्टहरु डुवानमा परेका छन ।  पहिरो कारण जिल्लाका विभिन्न बस्तीहरू संकटमा परेका छन् ।  माथागढी गाउँपालिका–४, झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार उच्चजोखिममा परेका छन् ।  बर्षात र पहिरो काकारण सदरमुकाम जोड्ने हार्थाेक छहरा, बासटारी झडेवा, आर्यभञ्ज्याङ्ग रामपुर लगायतका ग्रामिण क्षेत्रका दर्जनौ स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update