पाल्पा, बडादशैको अन्तिम दिन सोमबार कोजाग्ररत पूर्णिमाको दिन पाल्पाका कोतघर र देवी मन्दिरहरुमा वाख्यै हो भन्दै तरवार नचाउँदै सराय नाँच निकालिएको छ । यस बर्षको विजया दशमीको पूर्णिमा तिथी दुई दिन परेकोले सोमबार अन्तिम दिन सबै देवीका मन्दिरहरुमा पुजाआजा गरी सराय निकाली यस बर्षको दशैलाई विदा गरिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ गाउँमा वाख्खै हो भन्दै तरवार नाँच देखाइएको हो ।
बडा दशैको अवसरमा देवी भगवती मन्दिरहरुमा खेलिने तरवार नाँच निकै प्रचलित हँुदै आए पनि नयाँ पुस्तमा हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ । पाल्पाका प्रत्येक देवी, भगवती मन्दिरहरुमा निकालिने वाख्यै सराय नाँच तानसेनको लिपिन्देवी मन्दिर, बौघागुम्वा, छहराको कटौजेपानी, लगायतका मन्दिरमा प्रदर्शन गरिएको छ ।
विगतका समयमा मनोरञ्जनका साधन नभएकाले यस्ता नाँचहरु मनोरञ्जनमा मानिसको ध्यान केन्द्रित भएपनि आजकल सामाजिक सञ्जालको कारण संस्कृति लोप हुने अवस्थामा पुगेको बुढापाका बताउछन् । यसैगरी लिपन्देवीमा पाका, युवा तथा महिलाहरुले सामुहिक, र एकल रुपमा तरवार नचाएका थिए । निकै जोखिम, खतरापुर्ण खेलको रुपमा तरवार नाँचलाई लिने गरिन्छ । होसियारी नअपनाएमा तरवार नचाउने देखि दर्शकहरुको ज्यान समेत जान सक्ने भएकोले निकै लामो अभ्यास पछि मात्र तरवार नचाउने मन्दिरका पुजारीहरुले बताउने गरेका छन् ।


