जन्तीलुङ्ग र मरामकोट होमस्टे : व्यस्थित गर्दै तिनाउ गाउँपालिका
आइतबार, जेठ २५, २०८२
गाउँ–गाउँमा आयुर्वेद तथा योग शिक्षा
शुक्रबार, जेठ ९, २०८२
गाउँ–गाउँमा जनजीवन स्वस्थ्य, खानपानमा सुधार गर्न, मानिसलाई निरोगी बनाउन, भएका रोगीहरुलाई निको बनाउन रिब्दीकोट गाउँपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभियान शुरु गरेको छ । पालुङ्गमैनादी आयुर्वेद औषधालयलमार्फत दुई वटा विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।

मदन आश्रित स्मृती दिवस: तानसेनमा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद
शनिबार, जेठ ३, २०८२
३२ औं मदन आश्रित स्मृती दिवसको अवसरमा जिल्लामा जनताको बहुदलीय जनवाद र सञ्चार संवाद कार्यक्रम गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।
तानसेनमा आदिवासी जनजाती महोत्सव
शनिबार, जेठ ३, २०८२
तानसेन नगरपालिका –२ असनटोलमा आदिवासी, जनजाती महोत्सव भएको छ । असनटोल ३ टोल विकास संस्थाले आदिवासी जनजाती महोत्सव गरेको हो ।

तानसेनमा प्रताप शमशेरले बनाएको धाराको जिर्णाेद्धार गरी सञ्चालन
शनिबार, जेठ ३, २०८२
जिल्लाको तानसेन नगरपालिका–२ असनटोलमा रहेको प्रताप शमशेर राणाले निर्माण गरेको खानेपानीको सार्वजनिक धारा जिर्णाेद्धार गरी सञ्चालनमा ल्याइएको छ । वडा कार्यालयको एक लाख बजेटमा धाराको जिर्णोद्धार गरी सञ्चालनमा ल्याइएको हो ।

रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ २, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

प्रेस चौतारी पाल्पाले मनायो २५ औं स्थापना दिवस
आइतबार, वैशाख २८, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले २५ औं शाखा स्थापना दिवस एवं रजतजयन्ती विविध कार्यक्रम गरी मनाएको छ । शाखाको वि.स. २०५७ बैशाख २७ स्थापना भएको थियो । दिवसको दिन दिप प्रज्ज्वलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।

बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग
आइतबार, वैशाख २८, २०८२
अखिल नेपाल किसान महासंघ पाल्पाले बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग गरेको छ । महासंघले बैठकबाट निर्माण भएको घोषणा पत्र सार्वजनिक गर्दै विभिन्न ३८ बुदैँ मागहरु कार्यान्वयन गर्न ३ वटै सरकारसँग माग गरेको हो ।
विवाह नगरी बसेका महिला, पुरुषलाई सम्मान
शनिबार, वैशाख २७, २०८२
नेपाली समाजमा विवाह नगरी बस्ने महिला हुन् वा पुरुष दुवैलाई भिन्दै दृष्टि राखिन्छ । विवाह नै नगरी बसेका र कुनै समय श्रीमान वा श्रमितिसँग बसेर एक्लिएका (विशेष गरी सम्बन्धविच्छेद भएका र विधवा) एकल महिला, पुरुषप्रति समाजले हेर्ने नजर फरक छ । उमेर ढल्दै जाँदा एक्लै हुनुको पीडा एकातिर हुन्छ, त्यसमाथि...
रिब्दीकोट पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
शुक्रबार, वैशाख २६, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको हो ।

पाल्पामा पत्रकारहरुको लागि डिजिटल क्षमता विकास तालिम सुरु
मंगलबार, वैशाख २३, २०८२
पाल्पा र गुल्मीका पत्रकारहरुको लागि दुई दिने डिजिटल क्षमता विकास तालिम तानसेनमा भएको सुरु भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र पत्रकार महासंघ पाल्पा शखाको व्यवस्थापनमा तालिम सञ्चालन भएको हो ।

प्रेस चौतारी पाल्पाद्वारा सञ्चार श्रमिक सम्मानित
बिहीबार, वैशाख १८, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लाका सञ्चारमाध्यमहरुमा कार्यरत श्रमिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विहीबार यहँँका ५ जना सञ्चार श्रमिकहरुलाई चौतारीले सम्मान गरेको हो ।
-1745733106.jpg)
तानसेनका महिला जनप्रतिनिधीलाई बजेट निर्माणका विषयमा प्रशिक्षण
आइतबार, वैशाख १४, २०८२
जिल्लाको तानसेन नगरपालिका भित्रका महिला जनप्रतिनिधिहरुका लागि बजेट निर्माण सम्बन्धी प्रशिक्षण दिइएको छ । द एसिया फाउण्डेसनले स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत यहाँका महिला जनप्रतिनिधीहरुलाई योजना संकलन, प्राथमिकरण र बार्षिक योजना निर्माणमा प्रशिक्षण दिएको हो ।