Shittalpati
पाल्पामा जनै, रक्षाबन्धन धारण गरेर मनाइयो जनैपूर्णिमा

पाल्पा, तागाधारी ब्राहमण र क्षेत्रीहरुले पाल्पाका विभिन्न मठ मन्दिरमा ऋषितर्पणी, रक्षाबन्धन तथा जनै पूर्णिमा परम्परागत रुपमा मनाएका छन् । ब्राहामण तथा क्षेत्रीहरुले बिहानै नदीनाला, तालतलैया, खोलाधारामापुगी शुद्ध जलले स्नानऋषितर्पणी गरेर मन्त्र द्धारा मन्त्रिएको नयाँ जनै  परिवर्तन गरेका छन् । जनै परिवर्तन तथा रक्षाबन्धनको लागि  परम्परा संस्कृतिलाई जर्गेना गर्न पाल्पाका मठ मन्दिरमा तागाधारी ब्राहमण क्षेत्रीहरुको  भिडभाड देखिएको छ ।  हिन्दु धर्मालम्वीहरुले जनै पूर्णिमाको  दिन शरिर, आत्मा र मनको शुद्धिकरण गरेर ताकाधारी ब्राहमण क्षेत्रीहरुले जनै  फेर्ने, हातमामन्त्रले पुजिएको विशेष धागोलाई रक्षाबन्धनको रुपमा लगाउने प्रचलन रहिआएको छ । हिन्दु धर्मालम्बीका अन्य जातजातीका व्यक्तिहरुले  रक्षा कवजको रक्षाबन्धन बाधेका छन् । पाल्पाको विभिन्न मन्दिरमा पण्डित तथा पुजारीहरुले आत्माको शुद्धिकरण तथा व्यक्ति रक्षाको लागि मन्त्रहरुद्धारा शुद्ध बनाईएको धागो हातको नाडीमा रक्षाबन्धन गर्ने परम्परा रहेको पाईन्छ । तानसेनमा जनै परिवर्तन तथा रक्षाबन्धन गर्न अमरनारायण मन्दिर, शिवमन्दिर, भगवतीमन्दिरमा हिन्दु धर्मालम्बीभक्तजनहरु  पुगेका छन् । 

 आजै जनै पूर्णिमाको दिन, बाह्रमण पण्डितहरुले आ–आफनो ज–जमानको घर–घरमा पुगी जनै फेराउने, रक्षाबन्धन गर्ने  परम्परा रहेको छ । पुरोहितबाट जनै फेर्ने, रक्षाबन्धन गरे वापत जजमाानलाई चामल, दक्षिणा, तथा फलफूलदिने परम्परा रहेको छ । आजको दिन ज्वाईहरु शसुराल पुगी ससुरालका सम्पूर्ण आफन्तहरुलाई रक्षाबन्धन गरि दिने र  भान्जाहरु आफ्नो मामा घरमा, पुगी रक्षाबन्धन गर्ने परम्परा रहेको छ ।  आजैकै दिनमा तराई मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाईलाई रक्षाको लागि राखीबाधिदिने चलन  रहेको पाईन्छ ।  आजकल पहाडी क्षेत्रमा समेत दिदिवहिनले दाजुभाईलाई राखी बाधिदिने प्रचलन बढ्दै गएको छ । पाल्पामा पनि आफ्ना दिदिबहिनीहरुले दाजुभाईलाई   राखी बाधिदिएका छन । यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ । क्वाटी खाएमा विभिन्न रोगहरु नलाग्ने र शरिमा रोगसँग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ ।  क्वाटी खाने प्रचलन अन्य समुदायले पनि सिक्दै गएका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update