Shittalpati
पाल्पामा मतदान अधिकृतलाई तालिम
पाल्पामा मतदान अधिकृतलाई तालिम मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा जगेडा कर्मचारीहरुलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ । जिल्लाका १० वटै पालिकामा खटिने कर्मचारीलाई तालिम प्रदान गरेर केन्द्रमा पठाउने तयारी भएको हो ।
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
काँग्रेस पाल्पाको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण योजना 
काँग्रेस पाल्पाको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण योजना  नेपाली काँग्रेस पाल्पाले  जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार नेपाली काँग्रेसले तानसेनको शितलपाटीमा पत्रकार सम्मेलन गरी चुनावी संकल्प स्वरुप घोषणा पत्र सार्वजनिक गरेको हो । 
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प
पूर्वी पाल्पाको मुहार फेर्ने काँग्रेस उम्मेदवार सन्दीपको संकल्प नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले पूर्वी पाल्पामा  एउटै पार्टीको नेतृत्व रहँदा पनि माटो र जनजीवन सुहाउँदो विकास हुन नसकेको आरोप लगाएका छन् ।
‘स्वच्छ र  निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’ 
‘स्वच्छ र  निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’  पाल्पाकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवँरले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय पाल्पाले  आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसारका लागि पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन...
एमाले उम्मेदवार गैरेको प्रतिबद्धता पत्र सार्वजनिक
एमाले उम्मेदवार गैरेको प्रतिबद्धता पत्र सार्वजनिक नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ठाकुर प्रसाद गैरेले  चुनावी प्रतिबद्धता पत्र सार्वजनिक  गरेका छन् ।
सोम प्रसाद पाण्डेयले पाल्पा –२ का लागि सार्वजनिक गरे  २५ बुँदे प्रतिबद्धता पत्र
सोम प्रसाद पाण्डेयले पाल्पा –२ का लागि सार्वजनिक गरे  २५ बुँदे प्रतिबद्धता पत्र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा क्षेत्र नं. २ लाई केन्द्रीत गरी २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।  सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी उनले तानसेनलाई ऐतिहासिक र पर्यटकीय आकर्षणको केन्द्र बनाउनुका साथै शिक्षा, स्वास्थ्य र कृषिमार्फत रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्यसहित प्रतिबद्धतापत्र ल्याएका हुन् ।
पाल्पा अस्पतालमा लायन्स क्लवको सहयोगमा वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइँदै
पाल्पा अस्पतालमा लायन्स क्लवको सहयोगमा वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइँदै पाल्पा अस्पतालमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न बैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तर्राष्ट्रिय लायन्स क्लवको आर्थिक सहयोगमा अस्पताल प्रशासन र व्यवस्थापन समितिसँगको समन्वयमा फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको हो ।
पाल्पामा उच्च सुरक्षा सतर्कता :  नमुना मतदान  र सुरक्षा अभ्यास
पाल्पामा उच्च सुरक्षा सतर्कता : नमुना मतदान  र सुरक्षा अभ्यास आसन्न प्रतिनिधिसभा निर्वाचनलाई  लक्षित गरी पा पाल्पामा उच्च सर्तकता अपनाईको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नमुना मतदान र मतदान केन्द्रको सुरक्षा अभ्यास गराउँदै यहाँ उच्च सुरक्षा सर्तकता अपनाइएको हो ।
पाल्पामा मतदान केन्द्र पठाउने सामग्रीहरुको ‘प्याकेजिङ’ काम सकियो 
पाल्पामा मतदान केन्द्र पठाउने सामग्रीहरुको ‘प्याकेजिङ’ काम सकियो  आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासन लगायतका कार्यालयहरुले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् ।
पाल्पाका शिव मन्दिरमा भक्तजनहरुको भिडभाड  
पाल्पाका शिव मन्दिरमा भक्तजनहरुको भिडभाड   हिन्दुहरुको पवित्रपर्व महाशिवरात्रीको अवसरमा पाल्पाका विभिन्न शिव मन्दिर तथा प्रसिद्ध शिव धामहरुमा  भगवान शिवको पुजाआजा तथा भजन किर्तन गर्न भक्तजनहरु जुटेका छन् ।
नेकपा पाल्पाको चुनावी ‘प्रतिवद्धतापत्र’ सार्वजनिक
नेकपा पाल्पाको चुनावी ‘प्रतिवद्धतापत्र’ सार्वजनिक आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका नेपाली कम्युनिष्ट पार्टी पाल्पाले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । ‘तारा’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएको सो पार्टीले पाल्पा क्षेत्र नं. २ को लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।नेकपाका नेता अशोक कुमार शाहीले पत्रकार सम्मेलनमार्फत प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्...
Weather Update