पाल्पामा जिप र स्कुटर ठोकिदा एक जनाको मृत्यु
पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोक रोकाडाडा सिद्दार्थ राजमार्गमा बोलेरो जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पाल्पाको आर्यभञ्ज्याङ्गबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४ नम्बरको बोलेरो पिकअपले विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटरसँग ठोक्किँदा दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक माथागढी गाउँपालिका–१ निवासी ३६ वर्षीय खिलेश्वर घर्ती मगर गम्भीर घाइते भएको र उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । बोलेरो चालक लाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्


