Shittalpati
पाल्पामा एक बर्षदेखी पाँच बर्षका बालबालिकाका लागि ‘स्वर्णबिन्दु प्राशन’ खुवाइँदै  

पाल्पा, जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले आगामी चैत १४ गतेदेखि विशेष  आर्युवेदिक ‘स्वर्णबिन्दु प्राशन’ अभियान सञ्चालन गरिने भएको छ ।  पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन हुने यस अभियानले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन खुवाइँदै छ । 

आयुर्वेद शास्त्रमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि वर्णन गरिएका १६ संस्कारमध्ये ‘प्राशन’ एक महत्त्वपूर्ण विधि हो । स्वर्णबिन्दु प्राशन शुद्ध सुनको भष्मलाई मह, घिउ र विभिन्न मेध्य औषधिहरू (जस्तैः वच, ब्राह्मी, शंखपुष्पी) को सम्मिश्रणबाट तयार पारिन्छ । आयुर्वेदमा स्वर्णबिन्दु प्राशनलाई बालबालिकाका लागि एक शक्तिशाली औषधी  मानिन्छ,  यसको नियमित सेवनले बालबालिकामा रोगसँग लड्ने  प्रतिरोधात्मक क्षमता बढाउने, मस्तिष्कको विकास बढाउने,  स्मरण शक्ति बढाउने  र बालबालिकाको शारीरिक र मानसिक विकासका लागि एक सुरक्षा कवच भएको अनिवार्य रुपमा एक बर्ष देखी पाँच बर्ष भित्रका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन खुवाउन पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकी चिकित्सक डा.हौसला धितालले बताईन् । यसको सेवनले पाचन प्रणालीलाई सुदृढ बनाउनुका साथै बालबालिकामा हुने मौसमी सङ्क्रमण र भाइरल ज्वरो जस्ता समस्याबाट जोगाउन मद्दत गर्ने आर्युवेद चिकित्सक डा. धितालले बताईन् । 

स्वर्ण विन्दु प्राशन अभयानलाई जिल्लाभर प्रभावकारी रूपमा लैजान व्यापक तयारी भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद बस्यालले  जानकारी दिए ।  स्वर्णबिन्दु प्राशनको पूर्ण लाभ लिनका लागि कम्तीमा ३० डोज मात्रा सम्म सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले अझ बढी प्रभावकारी र लाभदायी हुने कार्यालय प्रमुख बस्यालले बताए । यही चैत्र १४ गते देखी आर्युवेदिक स्वास्थ्य केन्द्र तानसेनमा स्वर्णविन्दु प्राशन नियमित रुपमा असार मसान्त सम्म खुवाईने कार्यालय प्रमुख बस्यालले बताए ।  यो अभियानलाई समुदायको तल्लो तहसम्म पुर्‍ याउन आफु जस्ता जनप्रतिनिधीहरुको पूर्ण सहयोग समन्वय रहने जिल्ला समन्वय समितिकी उप प्रमुख काशिका गैरेले बताईन् । 

यो अभियानले पाल्पाका हजारौँ बालबालिकालाई प्रत्यक्ष लाभ पु¥याउने र आयुर्वेदिक चिकित्साप्रति जनविश्वास अझ प्रगाढ बनाउने केन्द्रकी व्यबस्थापन समितीकी अध्यक्ष मञ्जु ढङ्गाना अर्यालले बताईन । स्वर्णविन्दु प्राशन अभियानलाई  प्रभावकारीता बनाउन केन्द्रले स्थानीय महिला स्वयमसेविका, विधालयका शिक्षक, तानसेन नगरपालिका, वडा कार्यालयहरु, टोल विकास संस्थाहरुसँग छलफल गरेको छ ।  

प्रकाशित मिति: बिहीबार, चैत १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update