पाल्पा, पाल्पा उद्योग वाणिज्य संघमा यही चैत्र १४ हुने २५ पदको लागि ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षक्षमा निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराई र निवर्तमान महासचिव समिर मान सिंह बिच प्रतिष्प्रर्धा हुँदै छ । वाणिज्य उपाध्यक्षतर्फ रञ्जना कुमारी थापा अर्याल र सुरेन्द्र कर्माचार्यबिच भिडन्त हुने भएको छ । दुबै अध्यक्ष पदका उम्मेदवारले प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन् ।
यसैगरी क्षेत्र नं. ३ मा दुई पदको लागि विनोद नेपाल, विश्व के.सी. र विष्णु प्रसाद रेग्मीबिच प्रतिष्प्रर्धा रहेको छ । क्षेत्र नं. ४ मा दुई सदस्यको लागि नारायण न्यौपाने, मञ्जु रेग्मी र नारायण बहादुर पछाईबिच प्रतिष्प्रर्धा हुने छ । क्षेत्र नं. ७ मा दुई सदस्यको लागि महेश शर्मा आचार्य, सविन मल्ल, मोहन बहादुर कुवँर र महेन्द्र श्रेष्ठविच कडा प्रतिष्प्रर्धा हुने छ । यसैगरी क्षेत्र नं. १० मा दुई सदस्यको लागि सागर खड्का, विदुर घिमिरे, नविन घिमिरे, सुरेश गोदार र नम्रता थापाबिच प्रतिष्प्रर्धा रहेको छ । क्षेत्र नंं ११ मा दुई सदस्यको लागि कमल प्रसाद पाण्डे, जीवन पाण्डे, अनित श्रेष्ठ र सन्तोष श्रेष्ठ चुनावी मैदानमा छन् ।
उद्येग उपाध्यक्ष सहित विभिन्न क्षेत्रका सदस्यहरु निर्विरोध
यस्तै गरी उद्योग उपाध्यक्षसहित विभिन्न क्षेत्रका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा उद्योग उपाध्यक्षमा मुक्तिराम जि.सी, क्षेत्रगत सदस्यहरुमा क्षेत्र नं. २ बाट सञ्जय कुमार श्रेष्ठ र विष्णु बहादुर पछाई, क्षेत्र नं. ५ बाट विनायक महर्जन र किशोरदर्शन बज्राचार्य, क्षेत्र नं. ६ बाट लक्ष्मण प्रसाद रेग्मी र अमन श्रेष्ठ, क्षेत्र नं. ८ बाट रमेश राज बज्राचार्य, क्षेत्र नं. ९ बाट निराकार श्रेष्ठ, क्षेत्र नं. १२ बाट दिपक घिमिरे र गंगाराम नेपाल, क्षेत्र नं. १३ बाट समत मियाँ र एसोसियट सदस्यमा दामोदर गैरे रहेका छन् । चैत्र १४ गते निर्वाचनको लागि निर्वाचन कार्यालय आवश्यक तयारीमा जुटेको निर्वाचन अधिकृत टंक प्रसाद पन्थले जानकारी दिए ।


