– मन गहिरे
पाल्पा, रोटरी क्लब अफ पाल्पा लुम्बिनीको आयोजनामा तानसेन नगरपालिका–७ स्थित प्रभासको बुद्ध पार्क परिसरमा वृक्षरोपण गरिएको छ । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्लबले एक औपचारिक कार्यक्रमका बिच पार्क क्षेत्रमा विभिन्न प्रजातिका करिब ३०० बिरुवा रोपेको हो ।
.jpg)
रोटरी डिस्ट्रिक्टको वातावरण संरक्षण अभियानअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत बुद्ध पार्कलाई दीर्घकालीन रूपमा ‘रोटरी पार्क’का रूपमा विकास गर्ने लक्ष्य लिइएको क्लबले जनाएको छ । पार्कको संरक्षण, सौन्दर्यीकरण र हरियाली प्रवद्र्धनका लागि क्लबले करिब एक लाख रुपैयाँ बराबरको सहयोग गर्ने अभियानसमेत अघि बढाएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रदीप खनालले बुद्ध पार्कलाई ‘रोटरी पार्क’का रूपमा विकास गर्न वडाको तर्फबाट आवश्यक अनुमति प्रदान गरिएको जानकारी दिए । उनले बढ्दो वन विनाश, औद्योगिकीकरण, सहरीकरण र प्रदूषणका कारण वातावरणीय चुनौती गम्भीर बन्दै गएको उल्लेख गर्दै वृक्षरोपणसँगै रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा रोटरीका आइपीपी लक्ष्मण कोइराला, क्लबका पूर्वअध्यक्षहरू, रोटेरियन सदस्यहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रोटरी क्लब अफ पाल्पा लुम्बिनीकी अध्यक्ष शिखा पहारीको अध्यक्षता, टीआरएफ चियर गोविन्द गौतम उपाध्यायको स्वागत तथा प्रेसिडेन्ट–इलेक्ट रोटेरियन मुक्तिराम भुसालको सञ्चालनमा वृक्षारोपण कार्यक्रम भएको थियो ।


